झापा साउन ४ – झापाको दमक नगरपालिका–५ बाट लागुऔषधसहित एक भारतीय युवक पक्राउ परेका छन्।

मंगलबार दिउँसो करिब ३:४५ बजे प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले मेची स्टोर अगाडिको सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका भारत, बिहार राज्य कटिहार जिल्ला बस्ने २८ वर्षीय सुरज कुमार साहलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा साहको ब्यागभित्र प्लास्टिकको पोकोमा लुकाइराखिएको खैरो हेरोइनजस्तो देखिने पदार्थ ४६ ग्राम ७६ मिलिग्राम (प्लास्टिकसहित) र ४२ ग्राम १७ मिलिग्राम (प्लास्टिकबाहेक) बरामद भएको प्रहरीले जनाएको छ। साथै, विभिन्न दरका रु. ३७,९०० नगद, डिजिटल तराजु १ थान, दुई थान मोबाइल (Oppo र सिसा फुटेको Vivo) र भारतीय आधार कार्ड फेला परेको छ।
बरामद सामग्रीसहित साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
