झापा बिर्तामोड साउन १३ झापाको बिर्तामोड नगरपालिका–१० मा अव्यवस्थित विद्युत् तारका कारण स्थानीय बस्ती जोखिममा परेको भन्ने प्रकाशित समचारले आज मर्मत भएको छ l

हिजो पुर्वेली समचारमा प्रकाशित समाचारको प्रभावले बिर्तामोड १० तोरीबारीमा देखिएको तार र पोलको चरम लापरबाही भएको भन्ने सेवाग्राहीको बेवास्ता र समयमै मर्मतसम्भार नभएको भन्ने गुनासो समाचारमा प्रकाशित भएपछि सम्बन्धित निकायमा हलचल देखिएको र तुरुन्त अनुगमन टोली खटाएको थियो र केही घण्टामै सेवा पुनः सुचारु गरेको छ l
स्थानिय बासिन्दाले पूर्वेली समचार प्रा लीलाइ धन्यवाद दिँदै यस्ता जनचासोका विषयमा निरन्तर निगरानी गर्न अनुरोध गरेका छन्।

