बिर्तामोड , झापा ।
भद्रपुर जेसीजको ५०औँ शाखा अधिवेशन तथा भद्रपुर जुनियर जेसीजको दोस्रो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।

भद्रपुर जेसीजको ५१औँ अध्यक्षका रूपमा जेसी सुरेन्द्र कुमार खड्का (हिमाल) सर्वसम्मत निर्वाचित हुनुभएको छ। नवगठित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा जेसी हेम्बराज निरौला र जेसी सरोज ढकाल चयन हुनुभएको छ।
अध्यक्षद्वारा मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा जेसी आरोग्य तिम्सिना, महासचिवमा जेसी सुरज श्रेष्ठ तथा कोषाध्यक्षमा जेसी कुशल न्यौपाने रहनुभएको छ। त्यस्तै उपाध्यक्षहरूमा जेसी सनम शासंखर, जेसी विनोद खरेल, जेसी अरमान थिङ तामाङ र जेसी विशाल श्रेष्ठ चयन हुनुभएको छ।
यसैगरी, भद्रपुर जुनियर जेसीजको वर्ष २०२६ का लागि अध्यक्षमा जु. जेसी प्रतीक लम्साल सर्वसम्मत निर्वाचित हुनुभएको छ। कार्यकारिणी उपाध्यक्षमा जु. जेसी पवन पनेरु र जु. जेसी गौरव निरौला चयन हुनुभएको छ।

अध्यक्षद्वारा मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा जु. जेसी सन्दर्भ तिम्सिना, महासचिवमा जु. जेसी श्रेया अधिकारी तथा कोषाध्यक्षमा जु. जेसी रिदिप अधिकारी रहनुभएको छ। उपाध्यक्षहरूमा जु. जेसी आयुष रिजाल, जु. जेसी निर्जल भण्डारी, जु. जेसी श्रेयम अधिकारी र जु. जेसी शैलिशा निरौला चयन हुनुभएको छ भने सचिवमा जु. जेसी सुजल श्रेष्ठ चयन हुनुभएको छ।
अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन मण्डलको रूपमा जेसी दिल्लीराम पोखरेल, निर्वाचन अधिकृतको रूपमा जेसी टिकराम पाण्डे तथा तालिम आयुक्तको रूपमा जेसी निकेश पाण्डेले भूमिका निर्वाह गर्नुभएको थियो।
