झापा, साउन १७ । ताप्लेजुङमा एकजना व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन् ।

गएराति १०.४० बजे ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ४ कार्तिके बस्ने २५ वर्षीय सुकविर विश्वकर्मा र उनका माईला भाइ २२ वर्षीय रोशन विश्वकर्माले गाउँबाट मादक पदार्थ सेवन गरी घरमा आई विवाद गरेका थिए ।
त्यसक्रममा सुकविरले खुकुरीले पेटमा प्रहार गर्दा रोशनको घटनास्थलमा नै मृत्यु भएको हो । सुकविरलाई स्थानीयबासीहरुले नियन्त्रणमा लिइ राखेका थिए । पछि प्रहरी टोली पुगेर नियन्त्रणमा लिई उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याइएको छ ।