पाथिभरा टोलको साधारण सभा सम्पन्न 

झापा बिर्तामोड १ को पाथिभारा टोलका स्थानीयबासीहरूको पहलमा स्थापना भएको पाथिभारा भजन किर्तन मण्डलीले आफ्नो दोस्रो वार्षिक साधारण सभा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ।

धर्म जागरण, सामाजिक एकता र पारस्परिक सहयोगलाई उद्देश्य बनाएर २०८१ साल भदौ १५ गते स्थापना भएको यस मण्डलीले दुई वर्षको छोटो अवधिमा आवश्यक भाँडाबर्तन, वाद्यवादन, कुर्सी तथा अन्य धार्मिक सामग्रीहरू खरिद गरी उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

पहिलो कार्यकालमा समाजसेवी सावित्रा अधिकारीको अध्यक्षतामा सञ्चालन भएको संस्थाले दोस्रो साधारण सभामार्फत नयाँ नेतृत्व चयन गरेको छ।

सभाले सर्वसम्मत निर्णयका आधारमा मिरा ढकालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिमा उपाध्यक्ष सुजता काफ्ले गौतम, सचिव भरत प्रसाई, सहसचिव मदन पाठक, कोषाध्यक्ष अन्जु मैनाली, सह–कोषाध्यक्ष तुलसा पाठक कडरिया तथा सदस्यहरूमा दीपा पाठक, पवित्रा प्रसाई र सीमा थपलिया चयन भएका छन्।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै तत्कालीन अध्यक्ष सावित्रा अधिकारीले भजन किर्तन मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि समूहलाई सक्रिय बनाइने बताउनुभयो।

वरिष्ठ सल्लाहकार पवित्रा प्रसाईले “फुटेर होइन जुटेर समाजमा उदाहरण बन्ने” प्रेरणा सदस्यहरूलाई दिनुभयो।