कचनकवलमा राष्ट्रिय युवा संघ नेपालको पालिका अधिवेशन सम्पन्न, नवराज ढुंगानाको नेतृत्वमा नयाँ समिति

झापा । झापाको कचनकवल गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँपालिका कमिटीको पालिका अधिवेशन सम्पन्न भएको छ। बिहीबार सम्पन्न अधिवेशनबाट नवराज ढुंगानाको अध्यक्षतामा २३ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत रूपमा गठन गरिएको हो।

नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष आकाश खड्का, सचिव श्याम घिमिरे, उप–सचिवहरू मिलन पोख्रेल र सीता दाहाल तथा कोषाध्यक्ष प्रदीप गणेश रहेका छन्। सदस्यहरूमा शिवनारायण यादव, अविनाश मोहली, हरीनारायण राजवंशी, राजेश राजवंशी, शेख नुमान, राजेश मावो, धनबहादुर मगर, सञ्जीव तामाङ, आविद हुसेन, मञ्जु बैकारे, शर्मिला राजवंशी, सुस्मिता राजवंशी, पासाङ तामाङ, यादव भट्टराई र सुरज नेपाल चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपाल झापा जिल्ला इन्चार्ज खगेन्द्र राज आङ्दाङ्बे रहेको कार्यक्रममा  विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला उप–सचिव असारु राजवंशी, प्रदेश कमिटी सचिवालय सदस्य तथा कचनकवल इञ्चार्ज एवं पूर्व प्रदेश सांसद बसन्त बानियाँ थिए।

यसैगरी, अतिथिहरूमध्ये जिल्ला अध्यक्ष फुर्वा लामा, एमाले जिल्ला कमिटी सदस्य नवराज भट्टराई, झापा जिल्ला कमिटी सदस्य सागर पोर्तेल, युवा संघ केन्द्रीय अनुशासन आयोग सदस्य सरोज मेहरा, प्रदेश कमिटी सदस्य छवि प्रधान, बासु बन, जिल्ला कमिटी सदस्य तोया दाहाल, रोशन लामा, मेरुन योङ्हाङ तथा युवा संघ जिल्ला सचिव उमेश मिश्र जिल्ला कमिटी सदस्य विश्वदीप राजवंशी लगायतको सहभागी थिए।

खुला सत्रको सञ्चालन कचनकवल गाउँ कमिटीका निवर्तमान सचिव किशोर न्यौपानेले गरेका थिए भने बन्द सत्रको सञ्चालन झापा जिल्ला कमिटी सचिव उमेश मिश्रले गरेका थिए।