झापा बिर्तामोड भाद्र २ । हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय बिष्णु अधिकारी अहिले बिर्तामोडका गल्ली–गल्लीमा अटो कुदाउँदै जीविकोपार्जन गरिरहेका छन्।

२०७९ सालमा वैदेशिक रोजगारीको उद्देश्यले दुबईस्थित सार्जा पुगेका उनले करिब दुई वर्ष त्यहाँ श्रम गरे। तर, अपेक्षा अनुसारको आम्दानी नभएपछि नेपाल फर्किएका अधिकारी केही महिना घरमै बस्दा भविष्यप्रति अनिश्चित बनेका थिए।
यहीबीच बिर्तामोडस्थित पूर्वेली अटो रिकन्डिसन हाउसको विज्ञापन हेरेपछि उनले अटो व्यवसाय सुरु गर्ने निर्णय लिए। करिब एक वर्षअघि अटो किनेका अधिकारी हाल मासिक करिब ४० हजार रुपैयाँ कमाइरहेका छन्।
“देसमै आमा–बुवासँग बसेर खान पाउने, सँगसँगै मासिक ४० हजार कमाउनुको आनन्द विदेशको भन्दा फरक रहेछ,” अधिकारीले भने।
हाल उनी बिर्तामोडका सडक तथा गल्लीहरूमा यात्रु ओसारपसार गर्दै आफ्नो दैनिकी चलाइरहेका छन्। वैदेशिक रोजगारीमा गएर अपेक्षित परिणाम नपाएपछि स्वदेशमै श्रम गरेर सन्तोषजनक आय आर्जन गर्न सकिन्छ भन्ने सन्देश अधिकारीको जीवनले दिएको देखिन्छ।
झापा । हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय बिष्णु अधिकारी अहिले बिर्तामोडका गल्ली–गल्लीमा अटो कुदाउँदै जीविकोपार्जन गरिरहेका छन्।