झापा, भाद्र ८।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिदेव क्याम्प कमिटीले यही भाद्र १६ गते सोमबार धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा नगरस्तरीय माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ।

अनेरास्ववियु त्रिदेव अध्यक्ष कैलाश रेग्मीको अध्यक्षता तथा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य निरु परियारको प्रमुख आतिथ्यतामा बसेको भाद्र ७ गतेको बैठकले सो निर्णय गरेको हो।
बैठकले प्रतियोगितालाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरी जिम्मेवारी तोकेको छ। डिजिटल प्रविधिमा आधारित पेपरलेस विधिबाट कार्यक्रम सञ्चालन गरिने भएको छ।
बैठकमा नेकपा एमाले नगर कमिटी सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज बिनिता न्यौपाने, पूर्व अनेरास्ववियु त्रिदेव अध्यक्ष योगेश भण्डारीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा नगरभरिका सबै माध्यमिक विद्यालयलाई सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष रेग्मीले बताए। प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार रुपैयाँ, द्वितीय हुनेलाई ७ हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिने छ। सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिने छ।
प्रमुख अतिथी निरु परियारले कार्यक्रमलाई ऊर्जा भरिएको र प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीको क्षमता विकास गर्ने यस्ता नवीन र रचनात्मक कार्यक्रम अनेरास्ववियु त्रिदेवले वार्षिक रुपमा आयोजना गर्ने र सम्पूर्ण मेचिनगर भरिका विद्यार्थीलाई यस कार्यक्रममा सहभागी हुन आह्वन अनेरास्ववियु त्रीदेवका पूर्व अध्यक्ष योगेस भण्डारीले गर्नुभयो ।