झापामा निजामती सेवा दिवस, २०८२ मनाउने

झापा- झापामा निजामती सेवा दिवस, २०८२ मनाउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापामा कार्यालय प्रमुखहरूको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

सो अवसरमा जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् ।

भाद्र २० गते, शुक्रबार: बिहान ७:०० बजे: प्रमुख जिल्ला अधिकारीको कार्यालय अगाडि धनुषमोडबाट उत्तरतर्फको चारआलीसम्म सडकमा रोपिएका बिरुवाहरूको गोडमेल गर्ने र खाली स्थानमा वृक्षारोपण गर्ने । यो कार्यक्रम संयोजन गर्ने जिम्मा डिभिजन वन कार्यालयलाई दिइएको छ ।

दिउँसो ३:३० बजे: प्रमुख जिल्ला अधिकारी र ट्रेड युनियन पदाधिकारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिने । यसको संयोजन ट्रेड युनियनहरूले गर्नेछन् ।

भाद्र २२ गते, आइतबार: बिहान ७:०० बजे: जिल्ला प्रशासन कार्यालयमा भेला भई र्‍याली तथा साइकल र्‍यालीसहित जिल्ला समन्वय समितिमा ७:३० बजे पुगेर सम्पूर्ण कर्मचारीको सहभागितामा संक्षिप्त कार्यक्रम गर्ने ।

साँझ ५:०० बजे: कर्मचारी मिलन केन्द्रमा खगेन्द्र नवजीवन केन्द्र, भद्रपुरलाई सहयोग हस्तान्तरण गर्ने ।

यसबाहेक, कर्मचारी मिलन केन्द्र र ट्रेड युनियनहरूले चाहेमा थप रचनात्मक कार्यक्रम आयोजना गर्न सक्नेछन् । स्थानीय तहहरूमा पनि वृक्षारोपण लगायतका अन्य रचनात्मक कार्यक्रम आयोजना गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।