यु-१७ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले अन्तिम खेलमा भुटानसँग १-१ गोलको बराबरी

काठमाडौँ – यु-१७ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले अन्तिम खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै जारी संस्करणको अन्त्य गरेको छ।

आइतबार साँझ भएको खेलमा नेपालले भुटानसँग संघर्षपूर्ण बरारबीमा चित बुझाएको हो। नेपालले सुरुवाती अग्रता लिए पनि जोगाउन असफल हुँदा खेल बराबरीमा सकियो।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग १–१ को बराबरी खेलेको हो। योसँगै नेपाल तेस्रो भएको छ।

प्रतियोगितामा भारत च्याम्पियन हुँदा बंगलादेश उपविजेता बन्यो। चार टोली सहभागी रहेको प्रतियोगिता डबल राउन्ड रोविनका आधारमा भएको हो।

नेपालले भारत र बंगलादेशसँग दुवै खेलमा हार भोग्दा भुटानसँग पहिलो खेलमा जित र दोस्रो खेलमा बराबरी गर्न सफल भएको हो।