आठराई–बिर्तामोड सम्पर्क समाज गठन, पहाड–तराई सम्बन्ध सुदृढ गर्ने लक्ष

झापा, १९ माघ – तेह्रथुमको आठराई क्षेत्रबाट झापाको बिर्तामोडमा बसोबास गर्दै आएका नागरिकहरू संगठित भई ‘आठराई–बिर्तामोड सम्पर्क समाज’ गठन गरेका छन्। शनिबार धनुषकोटी धाम (भुरुंगा) मा आयोजित वनभोज कार्यक्रमका अवसरमा साधारण सभा गरी १५ सदस्यीय कार्यसमिति गठन गर्दै समाजको औपचारिक घोषणा गरिएको हो।

समाजको अध्यक्षमा ओमकृष्ण बिमली चयन भएका छन् भने उपाध्यक्षमा रुद्र सिटौला, टिका संग्रौला, र राधादेवी सङ्बो हाङ्सो चयन भएका छन्। लक्ष्मीप्रसाद बाँसकोटा सचिव, सावित्रा इन्ग्नम सह–सचिव, तथा निरज ओली कोषाध्यक्ष चयन भएका छन्।

सदस्यहरूमा सुर्य कन्दंगवा, शंकरराज ढुंगेल, नविन सिटौला, प्रकाश शिवाकोटी, देवीप्रसाद संग्रौला, मनबहादुर पाहिम, र उमानाथ ओली चयन भएका छन्।

समाजले आठराई र बिर्तामोडबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव, आपसी सहयोग, शिक्षा, स्वास्थ्य, तथा प्रविधिका क्षेत्रमा सहकार्य गर्ने लक्ष्य राखेको छ। साथै, विपद् व्यवस्थापन तथा क्षेत्रीय विकासमा योगदान पुर्‍याउने उद्देश्य रहेको छ।

संस्थालाई आधिकारिक रूपमा दर्ता गर्ने प्रक्रिया एक महिनाभित्र टुंग्याउनका लागि टंक उप्रेतीको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ। समितिमा हरिचरण शिवाकोटी, युवराज पाण्डे, टंकप्रसाद सेडाई, र मोहनप्रसाद ओली सदस्य रहेका छन्।

बिर्तामोड नगरपालिका उप–प्रमुख नगेन्द्र संग्रौलाले समाजले पहाड र तराईबीचको सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गरे। कोशी प्रदेशसभा सांसद भक्ति सिटौलाले आठराईको इतिहास, संस्कृति र गौरवपूर्ण पक्षबारे प्रकाश पार्दै सम्पर्क समाजले महत्वपूर्ण भूमिका खेल्ने बताए।

समारोहमा लोकबन्धु कन्दंगवा, उमानाथ ओली, टंकप्रसाद सेडाई, शान्ता रोका, नविन बिमली, रोहित प्रसाईं, यम बिमली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।