भद्रपुरमा दशैँ कप–२०८२ हक्की 5s प्रतियोगिता हुने

भद्रपुर, झापा ।

भद्रपुर नगर हक्की संघले दशैँको अवसर पारेर असोज ११ गते दशैँ कप–2082 हक्की 5s प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता स्थानीय खेलमैदानमा हुने बताइएको छ।

संघका अध्यक्ष दीपक खतीवडा र सचिव खगेन्द्र ढुंगानाका अनुसार प्रतियोगितामा ४ पुरुष टोली र २ महिला टोली सहभागी हुनेछन्। सबै टोलीहरू स्थानीय खेलाडीले नै बनाएका हुन्।

उनका अनुसार हालको बिषम परिस्थितिका बाबजुद संघले स्थानीय स्तरमा खेलकुदको वातावरण सिर्जना गर्न तथा खेलाडीलाई प्रोत्साहन दिन प्रतियोगिता आयोजना गरिएको हो। निकट भविष्यमै थप प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम सञ्चालन गर्ने तयारी पनि भइरहेको संघले जनाएको छ।

प्रतियोगिता एकै दिन सम्पन्न हुने भएकाले खेलहरू तीव्र र प्रतिस्पर्धात्मक हुनेछन्। विजयी टोलीलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ।

आयोजकहरूले यस प्रतियोगिताले स्थानीय खेलाडीलाई अनुभव, आत्मविश्वास र भविष्यमा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।