बिर्तामोड भदौ १६ ।बुट्टाबारी – प्याकरेल चौक सडक खण्ड स्तरोन्नति आयोजना (Contract No. NP DUBC-237431-CW-RFB Project) अन्तर्गत सोमबार मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ।

AARPEE/SAPI/SAMATA JV को आयोजना, SEASH र GBV को सचेतना कार्यक्रम अन्तर्गत भएको र सो कार्यक्रम बिर्तामोड ७ को समन्वयमा सम्पन्न गरिएको हो। कार्यक्रममा मानव बेचबिखन रोकथाम र सचेतनाका विषयमा सडक णाटकका साथै विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा धुर्व कुमार उप्रेतिको अध्यक्षता र नगर – उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्य साथै वडा नम्बर ७ का वडा अध्यक्ष अबिरल कृष्ण खरेलको विशेष आतिथ्य रहेको थियो भने जय तिम्सिना लगायतको आतिथ्य रहेको थियो
उक्त कार्यक्रममा मनकामना कलेजका विधार्थीहरुको सहभागीता रहेको थियो भने स्थानीय बासिन्दा तथा सरोकारवाला निकायका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो। सहभागीहरूले मानव बेचबिखनको समस्या गम्भीर बन्दै गएको भन्दै सचेतनामूलक गतिविधि नियमित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
