बिर्तामोड, १८ भदौः झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृहले आफ्नो १४औँ स्थापना दिवस तथा १३औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
कार्यक्रम बिर्तामोडस्थित संस्थाको आफ्नै कार्यालय परिसरमा अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष अम्बिका भण्डारीले दीप प्रज्वलन गर्दै गर्नुभएको थियो।
सभामा संस्थाको संगठानिक प्रतिवेदन सचिव दिपा सापकोटा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिरा मैनालीले प्रस्तुत गर्नुभयो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष भिमा शिवाकोटी, संस्थापक सदस्य भवानी क्षेत्री र पुष्पाञ्जली सिन्हाले आफ्नो भनाइ राख्दै संस्थाको सुरुवातका दिनहरूमा भएका चुनौतीहरू र संघर्षको स्मरण गर्नुभयो। उहाँहरुले नारी सञ्चार गृहले अहिलेको अवस्थामा आइपुगेर आफ्नै पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो।
कार्यक्रमको सञ्चालन सचिव सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष ज्योसना श्रेष्ठले राख्नुभएको थियो।