झापा, अर्जुनधारा भदौ १८ गते साँझ करिब ९:१५ बजे अर्जुनधारा नगरपालिका–१०, पञ्चकन्याटोल बस्ने केदार ढुङ्गेलको तीन तले घरको भुई तल्लाको टिभी कोठामा विद्युत सटका कारण आगलागी भएको छ।

स्थानीय प्रहरी टोली, स्थानिय बासिन्दा तथा मेचिनगर नगरपालिका दमकलको छिटो प्रयासका कारण साँझ ९:५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट कोठामा रहेको १ थान टिभी र १ थान दराज जलेर करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीमा कुनै मानविय वा चौपायको क्षति भन्ने भएको छैन।