बिर्तामोड, झापा – बिर्तामोडले बर्खा स्मृति टी-20 क्रिकेट प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ। फाइनल खेलमा भद्रपुरलाई पराजित गर्दै बिर्तामोड च्याम्पियन बनेको हो। उपाधिसँगै बिर्तामोडले नगद रु १ लाख ५० हजार, मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको भद्रपुरले भने नगद रु ७५ हजार, मेडल, र ट्रफी हात पार्न सफल भयो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको थियो। क्रिकेटप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

