झापा, बिर्तामोड — बिर्तामोड-३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) तथा शिक्षक अभिभावक संघ (पि.टी.ए) पुनःगठन गरेको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा सम्पन्न भेलामा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति भोजराज सिटौला, वडा सदस्य हरी बाँस्कोटा, शिक्षा शाखा अधिकृत ल्यासाङ तामाङ, अनारमनी क्याम्पस प्रमुख मोहन सिवाकोटी तथा समाजसेवी लोकबन्धु कन्दन्वा, मदन गोपाल सुब्बा, हिमाल मैनाली, कुमार बुढाथोकी, अफ्रोज खान, केशव पाठक, भक्तसिंह राजवशी, कमल कडरिया, राजकुमार राजवशी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मदन बुढाथोकीले विद्यालयलाई राजनीति मुक्त बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले सामुदायिक विद्यालयमा सरकारले राम्रो लगानी गरिरहेको भन्दै प्रविधिमैत्री शिक्षा र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए।
भेलाले सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिमा श्रीप्रसाद न्यौपाने, मोनिका माझी, पार्वता कार्की र रेनुका पाण्डे सदस्यका रूपमा चयन गरेको छ। त्यस्तै, शिक्षक अभिभावक संघ (पि.टी.ए) को अध्यक्षमा यामप्रसाद भट्टराई चयन भएका छन् ।