बिर्तामोड रन चौथो संस्करण कार्तिक १ गते हुने 

झापा ,बिर्तामोड । अनारमनी सोसियल युथ क्लब बिर्तामोड–३ को आयोजनामा हुन लागेको “४औं बिर्तामोड रन–२०८२”कार्यक्रमबारे आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेको कार्यक्रमका संयोजक सन्जय पौडेलले जानकारी गराए ।

कार्यक्रम आगामी कात्तिक १ गते बिहान सैनिक बजारबाट सुरु भई बिर्ताबजारस्थित दुर्गा मन्दिरसम्म ५ किलोमिटर दूरीमा सम्पन्न हुने क्लबका अध्यक्ष राज मुखियाले जानकारी दिँदै सो रन प्रतियोगिताको उद्देश्य युवामाझ स्वास्थ्य सचेतना, खेलप्रतिको आकर्षण र लागुऔषध दुरुपयोगविरुद्ध जनचेतना फैलाउने रहेको बताए।

रन प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिब रुपेस तिम्सिनाले जनाए l पहिलो पुरस्कार रु २५ हजार, दोस्रो रु १५ हजार, र तेस्रो पुरस्कार रु १० हजार राखिएको छ। सो पुरस्कार महिला पुरुष दुबैलाइ अलग अलग दिइने छ भने सहभागी हुनका लागि प्रवेश शुल्क रु १०० तोकिएको छ।

Say No to Drugs” भन्ने नाराका साथ आयोजना गरिएको यस वर्षको बिर्तामोड रनले स्वास्थ्य, खेल र समुदायबीचको सम्बन्ध अझ सुदृढ गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको उक्त कार्यक्रम मा बोल्दै बिर्तामोड वडा नम्बर १० का वडा अध्यक्ष दुर्योधन गुरुङले सफलको शुभकामना ब्यक्त गरे l