बिर्तामोडमा ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बिर्तामोड, फागुन २६ – “हाम्रो बिर्तामोड, स्वस्थ बिर्तामोड” नाराका साथ बिर्तामोड नगरपालिका-४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

सोमबार वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित शिविरको उद्घाटन वडा अध्यक्ष राहुल कुमार शर्माले आफ्नो रक्तचाप जाँच गरी गरेका थिए। शिविरमा बी एण्ड सी मेडिकल कलेजको प्राविधिक सहयोग रहेको थियो।

स्वास्थ्य शिविरमा रक्तचाप, मधुमेह, मुटु रोग तथा अन्य आधारभूत स्वास्थ्य परीक्षण सेवा निःशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो।

स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।