कोशी प्रदेश सरकारले सार्वजनिक गर्‍यो वार्षिक प्रगति पूर्वाधारदेखि रोजगारीसम्म

झापा बिर्तामोड ११ साउन — कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मत कुमार कार्कीद्वारा जरी गरिएको हालसम्मका आफ्नो कार्यकालमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरीएकोछ। सरकारले जारी गरेको विवरण अनुसार पूर्वाधार, रोजगारी, लगानी प्रवर्द्धन र सेवा प्रवाहमा सन्तोषजनक प्रगति भएको दाबी गरिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै २ अर्ब ३५ करोडको लागतमा ४६८ किलोमिटर पर्यटन पदमार्ग निर्माण गरिएको छ। लगानी प्रवाहमा समेत उल्लेखनीय प्रगति हुँदै १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरका परियोजना प्रस्तावहरू प्राप्त भएको बताइएको छ।

सडक तथा पुल निर्माणतर्फ सरकारले तीव्र गतिमा काम अघि बढाएको छ। ११४ किलोमिटर सडक कालोपत्रे, १८ वटा पक्की पुल, र १६ वटा झोलुङे पुल निर्माण गरिएका छन्। यसबाहेक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पास गर्ने बित्तिकै अस्थायी लाइसेन्सको व्यवस्था लागू गरिएको छ।

साना तथा मझौला उद्यम प्रवर्द्धनका लागि ३ करोड रुपैयाँसम्मको बिना धितो ऋण, ब्याज अनुदान कार्यक्रम, र ५० हजारभन्दा बढी योजना समेटिएको आयोजना बैंक स्थापना गरिएको छ। यसले युवाहरूलाई स्वरोजगारमा आकर्षित गर्ने विश्वास गरिएको छ।

प्रदेश सरकारले राजस्व संकलनमा ७.२६ प्रतिशत वृद्धि गरेको छ भने लगानीकर्तालाई जग्गा पासको रजिष्ट्रेशनमा ७५ प्रतिशतसम्म छुट दिने नीति अपनाएको छ।

महिला सशक्तिकरणतर्फ ‘सक्षम छोरी’ कार्यक्रम मुसहर समुदायमा सञ्चालन गरिएको छ भने कोशी प्रदेशको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरूलाई ३ करोड रुपैयाँ बराबरको पोशाक वितरण गरिएको छ।

उक्त उपलब्धिहरू सार्वजनिक गर्दै प्रदेश सरकारले “जनताको विश्वास जित्ने र प्रदेश विकासको गतिलाई तिव्र बनाउने” लक्ष्य लिएको जनाएको छ।