
बिर्तामोड, माघ २६ – शैक्षिक परामर्श सेवामा क्रियाशील ‘करियर कन्सल्ट डेडिकेटेड टु एक्सिलेन्ट’ ले झापाको बिर्तामोडस्थित रामचोकमा आफ्नो तेस्रो शाखा स्थापना गरेको छ। काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस परामर्श केन्द्रले नेपालका विद्यार्थीलाई सहज र विश्वसनीय परामर्श प्रदान गर्दै आएको छ।
पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि विदेश जाने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ। तर, जटिल प्रक्रियाका कारण कतिपय विद्यार्थी अन्योलमा पर्न सक्छन्। सोही कारण, छिटो र व्यवस्थित करियर परामर्श प्रदान गर्ने उद्देश्यले नयाँ शाखा खोलिएको संस्थाका सञ्चालक अनुप सापकोटाले जानकारी दिए।
झापाका दुई युवा अनुप सापकोटा र रूपक रिजालको पहलमा खुलेको यो कन्सल्टेन्सीले अमेरिका, अस्ट्रेलिया, बेलायत तथा युरोपका १५ भन्दा बढी देशमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाउँदै आएको छ।
विद्यार्थीलाई विदेश अध्ययनका लागि आवश्यक प्रक्रिया, गन्तव्य देशका नियम–कानुन, भाषा तथा कलेजबारे विस्तृत जानकारी प्रदान गरिने कन्सल्टेन्सीका काउन्सिलर पवन घिमिरेले बताए। उनका अनुसार, विदेश पुगेपछि विद्यार्थीहरू कुनै समस्यामा नपर्ने गरी प्रारम्भिक चरणमै सम्पूर्ण जानकारी उपलब्ध गराइनेछ।
बिर्तामोड शाखाको उद्घाटन विशेष समारोहबीच सम्पन्न गरिएको थियो। सञ्चालक अनुप सापकोटाका अनुसार, विद्यार्थीलाई न्यूनतम झन्झटमा छिटो सेवा दिने लक्ष्यका साथ शाखा विस्तार गरिएको हो। झापा क्षेत्रबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेकाले नयाँ शाखा खोलिएको उनको भनाइ छ।