झापामा भूकम्पको झड्का महसुस

फाल्गुन १६, २०८१ — आज बिहान २:५२ बजे झापा र आसपासका क्षेत्रमा भूकम्पको झड्का महसुस गरिएको छ। भूकम्पको प्रभाव काठमाडौं, पोखरा, काभ्रेपलाञ्चोक लगायतका स्थानमा पनि अनुभूति गरिएको छ। राष्ट्रिय भूकम्प…

Continue Readingझापामा भूकम्पको झड्का महसुस

बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सागर मिश्रको आगमन, मिलन भट्टराईको विदाई

बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सागर मिश्र आउने भएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका मिलन भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको थिय ।  भट्टराई बिहीबार…

Continue Readingबिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सागर मिश्रको आगमन, मिलन भट्टराईको विदाई

बिर्तामोडका प्रमुख प्रशासनिक अधिकृत भट्टराईलाई विदाई, सागर मिश्रको आगमन तयारी

बिर्तामोड, १५ फागुन : बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईलाई विदाई गरिएको छ । भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट आज बिदाई गरिएकोहो । उहाँ करिब ३ महिना अघि ईलामको सूर्योदय नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत भट्टराईलाई कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मायाको चिनो प्रदान गर्दै खादालगाएर विदाई गर्नु भयो । बिदाई कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी, कार्यपालिकासदस्य सिता ढुंगाना, जगतवन्धु राजवंशी, निर्मला ल्वागुन, लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, अधिकृत मेघराजबाँस्तोला लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते एकैपटक ५० जना उपसचिवको सरुवा गरेको थियो  ।बिर्तामोडबाट भट्टराईको पनि नियमित प्रक्रिया अन्तर्गत नै सरुवा भएको हो ।  बिर्तामोडमा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा सागर मिश्र आउनुहुने भएको छ । मिश्र यहि सोमबारनगरपालिकामा हाजिर हुने नगरका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

Continue Readingबिर्तामोडका प्रमुख प्रशासनिक अधिकृत भट्टराईलाई विदाई, सागर मिश्रको आगमन तयारी

महाभारतकालीन विरासत बोकेको मेचीनगर-५ मा आठ वर्षपछि भव्य मेला सम्पन्न

मेचीनगर-५ तथा ८ मा आठ वर्षमा एक पटक मात्र लाग्ने ऐतिहासिक मेला आज सम्पन्न भएको छ। स्थानीयकिंवदन्तीअनुसार महाभारतकालमा भीमले किचकलाई लखेट्ने क्रममा प्यास लाग्दा, उनले अर्जुनका लागि पातालबाटबाण हानेर पानी निकालेका थिए। सोही स्थलबाट गङ्गा उत्पन्न भएको विश्वासका आधारमा यस स्थानलाई‘पातालगङ्गा’ नामकरण गरिएको जनश्रुति छ। शिवमहात्म्य प्रवचनसहित चार कालीन सत्र सञ्चालन गरिएको मेलामा हजारौँ भक्तजनको उपस्थिती रहेको थियो।घैलाडुब्बा शिवालय तथा पातालगङ्गा संरक्षण समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षतामा सम्पन्न मेलामा झापाक्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकी, मेचीनगर-८ का वडाअध्यक्ष गिरिराज धमला, मेचीनगर-५ का वडा अध्यक्षलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको आर्थिक समितिकासदस्य मुकेश शर्माले जानकारी दिए। महाशिवरात्रिको अवसरमा स्व. कामी धिमाल प्रतिष्ठानले निःशुल्क पानी तथा एम्बुलेन्स सेवा उपलब्ध गराएको थियोभने मेचीनगर लेडिज जेसीजले पनि निःशुल्क पानी वितरण गरेको समितिका सचिव निरज खालिङ राईले जानकारीदिए।

Continue Readingमहाभारतकालीन विरासत बोकेको मेचीनगर-५ मा आठ वर्षपछि भव्य मेला सम्पन्न

जन्मदिनमा सिर्जनाको मानवीय पहल: प्रेस चौतारी उपचार कोषलाई सहयोग

बिर्तामाेड– प्रेस चाैतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग काेषमा सञ्चारकर्मी सिर्जना परियारले पाँच हजार एक सय रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।  प्रेस चौतारी झापाकी सदस्य परियारले जन्मदिनको अवसर…

Continue Readingजन्मदिनमा सिर्जनाको मानवीय पहल: प्रेस चौतारी उपचार कोषलाई सहयोग

झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने

Shares भद्रपुर । झापा ११ फुटबल क्लब यहाँ जारी दोस्रो भद्रपुर झापा गोल्डकपको उपाधि नजिक पुगेको छ । डागा युनाइटेड भुटानलाई ३-१ गोलअन्तरले पराजित गर्दै झापा ११ फाइनल प्रवेश गरेको हो…

Continue Readingझापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने

प्रेस चौतारीद्वारा पत्रकार सुरज प्रधानलाई आर्थिक सहयोग

बिर्तामोड– प्रेस चौतारी नेपाल झापाले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । प्रेस चौतारीका सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको…

Continue Readingप्रेस चौतारीद्वारा पत्रकार सुरज प्रधानलाई आर्थिक सहयोग

भद्रपुर झापा गोल्डकपको फाइनलमा आयोजक भद्रपुर ब्लेजर्स, उपाधि नजिक

भद्रपुर । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ ।भद्रपुरस्थित मेची रंगशालामा आज…

Continue Readingभद्रपुर झापा गोल्डकपको फाइनलमा आयोजक भद्रपुर ब्लेजर्स, उपाधि नजिक

भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर, फागुन १२ । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित…

Continue Readingभुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोडमा पहिलो पटक अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक “प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१“ आयोजना हुने भएको छ। आगामी २०८१ चैत २९ र ३० गते हुने प्रतियोगिता फिट स्टुडियो र…

Continue Readingबिर्तामोडमा पहिलो पटक अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै