बिर्तामोड । यातायात मजदुर नेता सुदर्शन थापाले आफ्नो जन्मदिनको खर्च कटाएर बोनम्यारो क्यान्सरबाट पीडित यातायात मजदुर राजु तामाङको उपचारका लागि रु. १०,००० नगद सहयोग गरेका छन् ।

नेता थापाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा अप्ठ्यारोमा परेका साथी मजदुरलाई सहयोग गर्नु नै ठूलो जन्मदिनको खुसी हुने भन्दै उक्त रकम सहयोग गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले केही दिनदेखि पीडित मजदुर तामाङको उपचारका लागि सहयोगको अपिल गर्दै आएको थियो । संगठनको अपिलपछि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुट्ने क्रम जारी छ ।

पीडित मजदुर तामाङ लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित भई उपचाररत छन् । उपचारमा ठूलो रकम लाग्ने भएकाले परिवारलाई आर्थिक भार परेको छ ।
संगठनले सहयोग गर्ने नेता थापासहित सबैप्रति धन्यवाद व्यक्त गर्दै अझै सहयोगको खाँचो रहेको जनाएको छ ।
