बिर्तामोड नगरपालिका वडा न ७ स्थित सानो मियाबाडि प्लम निर्माण आयोजनाको काम धमाधम भैरहेको छ।आयोजना बिर्तामोड नगरपालिका द्वारा सञ्चालन गरिएको हो र यसका प्रमुख जिम्मेवारी उपभोक्ता समितिको रहेकोछ।
आयोजना अन्तर्गत २०००mm × १३००mm आकारको प्लम निर्माण गरिएको छ, जसको कुल लागत ६,२२,२८८ रुपैयाँछ। आयोजना कार्यको सम्झौता मिति २०८१/०९/२८ मा भएको थियो र यसलाई २०८१/११/२० मा सफलता पूर्वकसम्पन्न गर्ने गरि समितिले काम गर्दै आएको छ ।
आयोजना सञ्चालनमा ५००,००० रुपैयाँ लागत बिर्तामोड नगरपालिका को रहेको छ भने १,२२,२२८ रुपैयाँजनसहभागिताबाट जुटाइएको छ। यस आयोजनाबाट ८५ जाना भन्दा माथिले लाभ हुनेछ, जसमा २० घरधुरी समावेशछन्।
आयोजनाका प्रमुख व्यक्ति उपभोक्ता समिति अध्यक्ष अख्लिम मिया र सचिव जाकिर मिया रहेका छन्। यसआयोजनाको नाम “तित्रीडांगि टोल” विकास संस्था सँग सम्बद्ध बिर्तामोड ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेललेयस आयोजनालाई महत्वपूर्ण कदमको रूपमा टिप्पणी गर्दै, यसले स्थानीय जनताका लागि सुविधा र सुरक्षित बर्खाकोबाडि बाट प्रवाभित सुरक्षा होस भन्ने उदेस्य राखि गरेको बताए।
यो आयोजना बिर्तामोड नगरपालिका ७ का लागि एक महत्वपूर्ण योगदान मानिन्छ र यसले स्थानीय विकासमामहत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
