बिर्तामोड । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा उपचार कोषलाईसहयोगको घोषणा गर्नुभएको छ ।
आज बिर्तामोडस्थित चौतारीको जिल्ला कार्यलयमा काफ्लेले प्रेस चौतारी झापाद्वारा स्थापना गरिएको पत्रकार उपचारसहयोग कोषलाई १८ हजार ९ सय ८० रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । योसँगै उहाँले पत्रकार उपचार सहयोगकोषमा आफ्नो उमरे अनुसार दिनको एक रुपैयाँका दरले हुन आउने रकम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको हो।

सो अवसरमा उहाँले जिन्सी सामाग्री हस्तान्तरण गर्नुभएको छ । सामाग्री हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘यस विशेषदिनमा मेरो प्यारो संगठनको जिल्ला कार्यालयमा आवश्यक पर्ने एक थान सिलिङ पंखा हस्तान्तरण गर्न पाएँ, खुसीलागेको छ ।’ उपचार कोषको संयोजक भिमा शिवाकोटीले काफ्लेलाई धन्यवाद दिदंै यस्ता सामाजिक कामलेसंगठनलाई पनि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, पत्रकारमहासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, सदस्यहरु भरत प्रसाई, रविकिरण वान्तवा, अस्मितासाँखी, कबिचन्द्र गुरागाईलगायतको उपस्थिती रहेको थियो ।
यस्तै, प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनालीले फागुन २७ गते आफ्नो जन्मदिनमा संस्थापक अध्यक्ष नेत्रपाठकको तस्वीर र एक थान बोर्ड प्रदान गर्नु भएको थियो ।