बिम्स्टेक सम्मेलनका लागि बैंककमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच बिना कुनै अधिकारीको उपस्थितिमा छलफल भएको छ।

उक्त छलफलमा बिमस्टेक सम्मेलनका विषय बाहेक दुई देश बीचको पारस्परिक सम्बन्ध र विकासका बारेमा पनि छलफल भएको स्रोतहरूले बताएका छन्।
यसै भेटको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त छलफल दुई देश बीचको विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति, र डिजिटल प्रविधि जस्ता विषयहरूमा केन्द्रित रहेको आफ्नो ट्वीट मार्फत खुलाएका छन्। उक्त ट्वीट उनले नेपाली भाषामा गरेका थिए।

यसै छलफललाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सार्थक र रचनात्मक रहेको भनी आफ्नो फेसबुक एकाउन्ट मार्फत खुलाएका छन्।
