बिर्तामोड, झापा — बिर्तामोड उद्योग वाणिज्य संघले १ करोड रुपैयाँ पुर्याउने लक्ष्यसहित स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा हालसम्म ५६ जना व्यक्तिबाट २० लाख ४५ हजार १९१ रुपैयाँ संकलन भएको छ।

संघले आज पत्रकार सम्मेलनको आयोजना गरी कोषको हालसम्मको प्रगति सार्वजनिक गरेको हो। संघका पदाधिकारीहरूका अनुसार कोषले आपतकालीन अवस्थामा व्यवसायी सदस्यहरूलाई राहत प्रदान गर्ने लक्ष्य लिएको छ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले कोषमा हालसम्म जम्मा भएको रकम सार्वजनिक गरेका थिए भने कोषाध्यक्ष युबराज निरौला र महासचिब कुशल खतिवडा अलैचि व्यवसायी निर्मल भट्टराई लगायतको हुनुहुनुहुन्थ्यो अझै सबै व्यवसायीहरूको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै लक्षित १ करोड रुपैयाँ छिट्टै पुर्याउने विश्वास व्यक्त गरे।
पत्रकार सम्मेलनमा वाणिज्य संघका पदाधिकारीहरू, व्यवसायी प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

