तोयनाथ दाहाल ‘डायमण्ड क्लब’मा चयन हुनुभएको छ

बिर्तामोड, असार १९। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सी मेनेजर तोयनाथ दाहाल ‘डायमण्ड क्लब’मा चयन हुनुभएको छ। कम्पनी अन्तर्गतको कोर्पोरेट क्लबको प्रतिष्ठित ‘डायमण्ड क्लब’सम्मको यात्रा तय गर्न सफल दाहाललाई कम्पनीले हालै बधाईसहित सम्मान गरेको छ।

उहाँको निरन्तर मिहिनेत, सकारात्मक उर्जा र उत्कृष्ट नतिजाको मूल्यांकन गर्दै कम्पनीले यो विशेष सम्मान प्रदान गरेको हो। इन्स्योरेन्स क्षेत्रमा लामो अनुभव र निष्ठाका साथ कार्य गर्दै आउनुभएका दाहाल आफ्नो इमान्दारिता, सेवाभाव र नेतृत्व क्षमताका कारण सबैका लागि प्रेरणाको स्रोत बनिरहेका छन्।

सफलतापछि प्रतिक्रिया दिँदै दाहालले भने, “यो उपलब्धि मेरो व्यक्तिगत मात्र नभई मेरो टिम, ग्राहक र कम्पनीप्रतिको समर्पणको नतिजा हो। आगामी दिनमा अझ प्रतिबद्ध भएर काम गर्ने प्रण गर्दछु।”

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष आफ्ना उत्कृष्ठ एजेन्सी मेनेजरहरुलाई कोर्पोरेट क्लबमार्फत विभिन्न श्रेणीमा सम्मान गर्दै आएको छ। ‘डायमण्ड क्लब’ त्यसमध्ये सबैभन्दा उच्च श्रेणीको हो, जसमा सीमित संख्यामा मात्र एजेन्सी मेनेजरहरु छनोट हुने गर्छन्।

उहाँको आगामी सफल यात्राको शुभकामना व्यक्त गर्दै कम्पनीका उच्च पदस्थ अधिकारीहरुले पनि प्रशंसा प्रकट गरेका छन्।