झापा, भदौ ६ – झापाको शिवसताक्षी नगरपालिका–१०, किरात चौकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

कुन्जिबारीबाट काँकरभिट्टातर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेहरूको उपचारका लागि उनीहरूलाई तत्कालै उद्धार गरी बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ।घाइतेहरूको विवरण यस प्रकार छ
1. सुमित्रा कडरिया बर्ष (५३), बिर्तामोड–३ – बाहिरी चोट नदेखिएको, सामान्य
2. डिक माया खतिवडा (७०) – हात र खुट्टामा चोट, सामान्य
3. रुपादेवी उप्रेती (५०) – हात र खुट्टामा चोट, सामान्य
4. अस्मिमा खातुन (४०) – छाती र घुँडामा चोट, सामान्य
5. सावरी खातुन (१३) – खुट्टामा चोट, सामान्य
6. सफिना खातुन (३५, गर्भवती) – पेटमा चोट, अवस्था मध्यम
7. ईसाफ आलम (७) – छाती दुखेको, सामान्य
8. फरियाफ आलम (३) – टाउको दुखेको, सामान्य
9. निर्मला काफ्ले (३६) – दाहिने कुम र घुँडामा चोट, सामान्य
10. तुलसा गौतम (३४) – दाहिने कुममा चोट, सामान्य
11. नितेश गौतम (११) – टाउकोमा चोट, बोल्न सक्ने, सामान्य
दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ५६ वर्षीय चालक मोहनलाल राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।