बिर्तामोड, झापा | २०८१ असार १८
गर्मीयाम सुरु हुनासाथ बजारमा देखिने र सबै उमेर समूहले रुचाउने फल हो आँप “फलको राजा” भनेर चिनिने आँप बिशेषत तराइमा फले पनी अहिले यातायतका माध्यमबाट देशैभरका बजारमा उपलब्ध छ र यो फल लोकप्रिय पनी बनेको छ।

सिजन अनुसार विभिन्न जातका आँपहरू पाइन्छन जस्तै बम्बै, माल्दा, चौसा, लँगडा, हापुस, सुर्यपुरी , सुपाडे तथा आम्रपाली लगायतका आँप पाइने भएकाले ग्राहकहरू आफ्नो स्वादअनुसार रोज्न पाउँछन्। स्थानीय व्यापारी सोहन झाका अनुसार, “यसपालि झापामा लहानको आँप स्वादिलो मात्र हैन, अत्याधिक रुपामा बजारमा बिक्रि भएको पाइएको छ।”
पोषण विज्ञहरू भन्छन् पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ पोटासियम र एन्टिअक्सिडेन्ट जस्ता तत्वले भरिपूर्ण हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, छालालाई चम्किलो बनाउँछ र पाचन प्रणालीलाई सुधार गर्न सहयोग गर्छ l
तराईका जिल्लाहरुमा आँपलाइ व्यवसायीक रुपमा खेती गर्ने हो र बिषाधी रहित उत्पादन गरी गुणस्तरमा सुधार र प्याकेजिङमा सजकता अपनाउन सके नेपाली आँपले पनी अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षेत्र बिस्तार गर्न सक्छ साथै नेपाली आँपको छुट्टै पहिचान बनाउन सक्छ l
कृषि ज्ञान केन्द्रले कृषकहरूलाई आँपको व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने हो र आधुनिक प्रविधिको प्रयोग गरी नर्सरी व्यवस्थापन र सिँचाइ सुविधालाई अझ प्रभावकारी योजना बनाइ अघि बढने हो भने प्रचुर सम्भावना रहेको बताइन्छ l
आँप केवल स्वादको कुरा होइन, यसमा भएको स्वास्थ्य र व्यापारको सम्भावनाले यो फललाई साँच्चिकै विशेष रुपमा लिन सकिन्छ l अझ गर्मीयाममा आँप केवल खानु मात्र नभाइ यसको महत्व चिनेर उपयोग गर्न सके — यो फल हाम्रो जीवनशैलीको अभिन्न अंग बन्न सक्छ।