करेन्ट लाग्दा एक जनाको मृत्यु

झापा, साउन २ l झापाको अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको बिजुलीको करेन्ट लागी मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–२ पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटरमा मर्मत कार्य गर्ने क्रममा शुक्रबार दिउँसो करेन्ट लाग्दा पाण्डे गम्भीर घाइते भएका थिए। बिर्तामोडस्थित विद्युत कार्यालयको फिल्डतर्फको काममा संलग्न पाण्डेलाई सहकर्मीहरूले उद्धार गरी उपचारका लागि तत्काल बि.एण्ड.सि. अस्पताल बिर्तामोड पुर्‍याए पनि चिकित्सकले दिउँसो करिब ३ बजे मृत घोषणा गरेका हुन्।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।