कन्चन इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३१ हजार सहयोग

बिर्तामोड । झापा बिर्तामोड–७ स्थित कन्चन इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३१ हजार रूपैयाँ सहयोग गरेको छ। बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न डा. महावीर पुनले सञ्चालन गरेको आत्मकथा पुस्तक बिक्री अभियानअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो।

विद्यालयका संचालक डिल्लीराम चौलागाईंले विधालयमा उपस्थित विधार्थी अभिभावक शिक्षक लगायतले ३१ हजार रूपैयाँ बराबरको पुस्तक खरिद गरी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको जानकारी दिएका छन्।

डा. पुनको पुस्तक बिक्री अभियानमार्फत किसानका लागि कृषि औजार उत्पादन गर्ने बीरगञ्ज कारखाना सञ्चालनमा ल्याउन रकम संकलन भइरहेको छ। सो अभियानमा झापा ४३ औँ जिल्ला बनेको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Leave a Reply