झापा, भदौ ६ । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटा नजिकै मेचीराजमार्गमा गएराति भएको सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्।

ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश–१–०१–००१ ज ४०८८ नम्बरको EV भ्यान आइतबार राति करिब १:२० बजे आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालकसहित नौ जना सवार रहेका यात्रु घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बी एण्ड सी अस्पताल, बिर्तामोड पठाइएको छ। दुर्घटनाग्रस्त भ्यान भने घटनास्थलमै रहेको तर बाटो अबरुद्ध नभएको प्रहरीले जनाएको छ।
घाइतेहरु :
१. चालक तथा भ्यान धनी – लाक्पा थेपेन शेर्पा, वर्ष ३०, फुङलिङ–२, ताप्लेजुङ (सामान्य अवस्था, प्रहरी नियन्त्रणमा)
२. सेसेहाङ सुवा, वर्ष १२, चाँगुनारायण–१, भक्तपुर
३. प्रेम यौङहाङ, वर्ष ३४, ठेगाना नखुलेको
४. टिका लिम्बु, वर्ष ३२, ठेगाना नखुलेको
५. विजय लिम्बु, वर्ष ४४, अर्जुनधारा–१०, झापा
६. मन कुमारी लिम्बु, वर्ष ४२, ठेगाना नखुलेको
७. सुविमा लिम्बु, वर्ष १९, चाँगुनारायण–१, भक्तपुर
८. मनिता धिमाल, वर्ष २१, दमक–३, झापा
९. रिता धिमाल, वर्ष ४३, ठेगाना नखुलेको
इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार चालक शेर्पामाथि थप अनुसन्धान भइरहेको छ।