बिर्तामोड नगरपालिका–३ का जनप्रिय युवा नेता तथा वडाध्यक्ष मदन बुढाथोकीले एक भावुक सन्देश सार्वजनिक गर्नुभएको छ।

“कार्यकारी पदमा रहेर काम गर्नु निकै गाह्रो रहेछ। कसैको आवाज बनेर लडियो, आफू नखाई अरुको भोक टार्न गोजीबाटै खर्च गरियो। जसको लागि बोल्नु पर्छ भने बोलियो, कसैको भविष्यका लागि खुट्टा ढोग्नुपर्छ भने त्यो पनि गरियो। रात–रातभर हिँडियो।
सबै नेता भ्रष्टाचारी हुँदैनन्। काम गर्दा राज्यका कानुनलाई आधार मानेर, उपलब्ध श्रोत–साधनबाटै काम गर्ने हो। व्यक्तिगत दुश्मनी साँधेर अरुको घर–गाडी वा सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्यप्रति म घोर आपत्ति जनाउँछु।
असली देश सम्झेर आफ्नो जीवन समर्पण गर्ने प्रहरी तथा जेनजी आन्दोलनमा आफ्नो ज्यान आहुती दिनुभएका पृय दाजुभाइ, तथा दिदिबहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,” — वडाअध्यक्ष वुडाथोकीको सन्देशमा उल्लेख छ। उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो सन्देश दिए पछि बिर्तामोड–३ का नागरिक तथा अन्य विभिन्न स्थानका शुभचिन्तकहरुले उहाँको कामको प्रशंसा गर्दै प्रतिक्रिया दिइरहेका छन् ।