सफल शल्यक्रियापछि आमा र नानी दुवैको स्वास्थ्य अवस्था सामान्य

झापा १९/ बाटो अवरुद्ध भएर अस्पताल पुर्‍याउन कठिनाइ भएको एक सुत्केरी महिलाको सफल शल्यक्रिया सम्पन्न भएको छ।

अवरोधका कारण बीच बाटोमै समस्या भोग्नुपरेकी ती बहिनीको डाक्टरहरूको टोलीले सफल शल्यक्रिया गरी सुरक्षित रुपमा नानी (छोरी) जन्माउन सफल भएको हो। शल्यक्रियापछि आमा र नानी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

उद्धार तथा उपचारमा सक्रिय भई सहयोग गर्ने सबैप्रति परिवारले धन्यवाद ज्ञापन गरेको छ।