बिर्तामोड, मंसिर २२।
विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड–३, सैनिकमोडको सातौं अधिवेशन तथा २०औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

सर्वसम्मत रूपमा चयन भएको सञ्चालक समिति यस्ता छन् अध्यक्षमा श्री होम प्रसाद सिटौला (बिर्तामोड ५ ) चयन भएका छन भने उपाध्यक्ष श्री केशवराज पाठक (बिर्तामोड ३)सचिवमा श्री अर्जुन कुमार पाठक (बिर्तामोड ३’) त्यस्तै कोषाध्यक्षमा श्री भिम कुमारी शिवाकोटी (बिर्तामोड ४ )र सञ्चालक सदस्यहरू श्री नरेश कुमार न्यौपाने (बिर्तामोड ३)श्री टिकामाया लमिछाने (बिर्तामोड १)श्री राजु चाम्लिङ (बिर्तामोड ३)पुनम प्रसाई (बिर्तामोड ३)श्री निरोज सिटौला (बिर्तामोड ८) सर्वसम्मत चयन भएका छन
त्यसै गरी सहकारीको वित्तीय पारदर्शिता तथा लेखापरीक्षण कार्य सुदृढ बनाउन निम्न लेखा सुपरीवेक्षण समिति चयन गरिएको जस्मा सयोजक श्री अर्जुन न्यौपाने (बिर्तामोड ३)सदस्यमा श्री दिनेश अधिकारी (बिर्तामोड ३)सदस्य श्री होमनाथ उप्रेती (बिर्तामोड ४) रहेका छन l
नवनिर्वाचित नेतृत्वले सहकारीलाई अझ पारदर्शी, सदस्य मुखी तथा दिगो सेवामुखी बनाउन प्रतिबद्ध रहने विश्वास गरीएको छ ।
