झापा , बिर्तामोड /
हाम्रो भेटेनेरी सेवा सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष डा. दिलिप सापकोटाको अध्यक्षता तथा प्रमुख अतिथि डा. सितल भट्टराईको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा डा नगेन्द्र खड्का , सानु माया श्रेष्ठ , दिवस राई , हेम राज पौडेल , सुर्य मान तामाङ , रोमन थारु चौधरी, तुलसी खनाल ,खेम सिटौला , बिष्णु प्र भट्टराई , दधीराम आचार्य लगायत को आतिथ्य रहेको थियो l
साधारणसभामा हाम्रो भेटेनेरी सेवा सहकारी संस्था लिमिटेडको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक आय–व्यय विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो।संस्थाको आर्थिक अवस्था सुदृढ बन्दै गएको, सदस्य संख्या वृद्धि भएको र सेवा विस्तारलाई प्राथमिकतामा राख्ने विषयमा छलफल गरिएको थियो। साथै, हाम्रो भेटेनेरी सेवा सहकारी संस्था लिमिटेडको पारदर्शिता, सुशासन र दीर्घकालीन योजनामाथि सहभागीहरूले राम्रो सुझाव दिएका थिए।
यसैगरी साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ।नवगठित कार्यसमितिमा अध्यक्ष: डा. दिलिप सापकोटा उपाध्यक्ष: सानुमाया श्रेष्ठ सचिव: निमेश धापा कोषाध्यक्ष: प्रकाश ओझा र सदस्यहरू: भगीरथ खतिवडा , बासु गौतम र सुमन बुढाक्षेत्री रहेका छन त्यस्तै गरी लेखा सुपरिवेक्षक समितीमा संयोजक लोकेन कुमार भुजेल सदस्यहरुमा जीवन बराल र प्रवेश खड्का चयन भएका छन l
कार्यक्रममा संस्था का उपाध्यक्ष छवीलाल सुबेदी स्वागत गरेका थिए भने कार्यक्रमको सचालन संस्थाका सचिब लोकेन कुमार भुजेलले गरेका थिए त्यस्तै संस्थाले आगामी दिनमा सदस्य केन्द्रित सेवा, वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

