विर्तामोडमा नगरस्तरीय विद्यार्थी निर्मित विज्ञान साम्रगी प्रदर्शनी सम्पन्न

विर्तामोड नगरपालिका, विज्ञान विषय समितिको आयोजनामा नगरस्तरीय विद्यार्थी निर्मित विज्ञान साम्रगी प्रदर्शनी विर्ताबजार स्थित महेन्द्र रत्न माविको प्राङ्गणमा सम्पन्न भएको छ। कार्यक्रममा विर्तामोड नगरका २५ सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले कार्यक्रम अवलोकन गर्दै विज्ञान विषयप्रतिको विद्यार्थीको अभिरूची र वैज्ञानिक सोचको महत्व जोड्दै भानुभयो, “यस प्रकारका प्रदर्शनी कार्यक्रमहरूले विज्ञान सिकाइमा योगदान पुर्याउँछन्।”

प्रतियोगितामा मोहनमाया मावि पहिलो, न्युटन एजुकेशन एकेडेमी दोस्रो, महेन्द्र रत्न मा. वि. तेस्रो स्थानमा रह्यो भने ईकम स्कुलले सान्त्वना पुरस्कार प्राप्त गर्‍यो। विज्ञान विषय समितिका संयोजक लक्ष्मी प्रसाद प्रसाईंले यस प्रदर्शनीलाई विज्ञान र नवप्रर्वतनातमक क्षमतामा वृद्धिका लागि प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो।

प्रदर्शनी कार्यक्रमका निर्णायक विज्ञान शिक्षक पवन भट्टराई र रेखा भण्डारी थिए।