बिर्तामोड,२९ फागुन – बिर्तामोडका युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारीद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गरेका छन्।

फजुल खर्च गरेर जन्मदिन मनाउने प्रवृत्तिलाई चिर्दै, पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारीको कार्यालयमा आयोजित कार्यक्रममा कोष संयोजक भिमा शिवाकोटीलाई सहयोग रकम हस्तान्तरण गरे।
रकम हस्तान्तरण गर्दै चौधरीले कोषको महत्व बुझेर सहयोग गरेको बताए। संयोजक शिवाकोटीले पत्रकारहरूको उपचारमा सहायताका लागि थपिएको यो सहयोग महत्त्वपूर्ण रहेको भन्दै चौधरीलाई धन्यवाद दिइन्।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदीप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघका सहसचिव रमेश तिवारी, सदस्यहरू प्रकाश बाँनिया, अस्मिता साँखी, तिर्थ तिम्सिना, कबिचन्द्र गुरागाई, गणेश कोईराला, टिकाराम बस्तोलालगायतको उपस्थिति रहेको थियो।
