नेफिन युएईको १०औं महाधिवेशन आगामी जुलाई २० मा, आयोजक समिति गठन

दुबई, जुन २९ —
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले आगामी जुलाई २० का दिन १०औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। यो निर्णय जुन २९ मा बसेको बैठकमार्फत गरिएको हो।

महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न बैठकले प्रमोद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय आयोजक समिति गठन गरेको छ। उक्त समितिमा टंक थापा उपसंयोजक तथा बुद्धिमेवाहाङ राई सदस्य रहेका छन्।

यसै क्रममा महासंघको विधान संशोधन गर्नका लागि सनिल घिसिङको संयोजकत्वमा विधान संशोधन समिति पनि गठन गरिएको छ। सो समितिमा बिक्रम लिम्बू, डीके किराँती, तथा महासंघमा आवद्ध सबै जातीय समाजका अध्यक्षहरू सदस्यका रूपमा रहने नेफिन युएईले जानकारी दिएको छ।

महाधिवेशनको तयारी तथा वैचारिक, सांगठनिक र विधिक सुदृढीकरणका लागि गठन गरिएका यी समितिहरूले छिट्टै आ–आफ्नो कार्ययोजना सार्वजनिक गर्ने जनाइएको छ।