झापा बिर्तामोड साउन १ अरब इमिरेट्स (युएई)ले विभिन्न अपराधमा जेल परेका १२० जना नेपालीलाई आममाफी दिएका छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएई सरकारले जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो।

युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । दूतावासले विज्ञप्ति मार्फत युएई सरकारलाई धन्यवाद समेत दिएको छ।
वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर कैद सजाय भोग्दै आएकाछन।
