विर्तामोडमा इफ्तार कार्यक्रम: सामाजिक सद्भाव र शिक्षाको प्रवर्द्धन

विर्तामोड, चैत १० – “धार्मिक शिक्षा तथा आधुनिक शिक्षाको समन्वय, समृद्ध समाजको निर्माण हाम्रो उद्देश्य” भन्नेनाराका साथ विर्तामोड-४ स्थित बिर्ता पार्टी प्यालेसमा शुभकामना आदान प्रदान तथा इफ्तार कार्यक्रम सम्पन्न भएकोछ। पवित्र महिना रमजानको अवसरमा धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मदारसा तालिमुल कुरानआधारभूत विद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई हुनुहुन्थ्यो भने विशेष अतिथिकारूपमा नगर उपप्रमुख नगेन्द्र संग्रौला, विर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, विर्तामोड ६ का वडाध्यक्ष सुर्य कन्दवा, समाजसेवी सजेश शिवाकोटी, राजकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो। इस्लाम धर्मावलम्बीहरूका लागि विशेष मानिने रमजान महिनामा एक महिनासम्म कठोर व्रत (रोजा) बस्ने परम्परारहिआएको छ। बिहान सूर्योदय अघि ‘सेहरी’ खाएर व्रत सुरू गरिन्छ भने साँझ सूर्यास्तपछि ‘इफ्तार’ गरेर व्रतखोलिन्छ। यो महिनामा १४ घण्टाभन्दा बढी समयसम्म केही पनि नखाई इबादत गरिन्छ। साथै, यस अवधिमा धार्मिकदान (जकात) दिने प्रथा रहिआएको छ, जसअनुसार आफ्नै सम्पत्तिको २.५% परोपकारका लागि विद्यालय, अनाथालय तथा विपन्न समुदायलाई प्रदान गरिन्छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महत्रारा प्रसाईले विद्यालयमा सबै जातजाति र धर्मका विद्यार्थीहरूलेअध्ययन गर्ने भएकाले धार्मिक सहिष्णुता र शिक्षाको विकास अत्यावश्यक रहेको बताउनुभयो। उहाँले सामाजिकसद्भाव कायम गर्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। नगर उपप्रमुख नगेन्द्र संग्रौलाले धर्म, संस्कृति र विद्यालयको भूमिकाबारे आफ्ना विचार राख्दै धार्मिक सहिष्णुता कायमराख्दै शिक्षाको माध्यमबाट समावेशी समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। त्यस्तै, कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ-आफ्नो धारणा राखेका थिए। राष्ट्रिय प्रजातन्त्रपार्टीका लक्ष्मी गौतम, माओवादी केन्द्रका सीपी कडरिया, नेपाली कांग्रेसका ओम बिमली र नेकपा एमालेका विर्तामोडनगर अध्यक्ष सुवास भट्टराईले शुभकामना व्यक्त गर्दै नेपालको संविधानले सबै धर्मलाई समान रूपमा व्यवहार गर्ने रधार्मिक सहिष्णुता कायम गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरे। कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यालयमा अध्यापन गराउँदै आएका महिला शिक्षिकाहरूलाई दोसल्लाओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि तथा विशेष अतिथिहरूले अन्जुम खातुन, आफरिन खातुन, सुनितान्यौपाने, बिमला अधिकारी, इसरत प्रबिन, सगुफ्ता खातुन, नसिबा सैमी, रजिया खातुन र गीता उप्रेती प्रसाईलाईसम्मान गर्नुभएको थियो। कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरूले धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको महत्त्वरहेको बताए। आयोजक मदारसा तालिमुल कुरान आधारभूत विद्यालयका प्रतिनिधिहरूले धार्मिक तथा आधुनिकशिक्षाको समन्वयबाट समृद्ध समाज निर्माण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्दै सबैलाई धन्यवाद व्यक्तगरेका थिए भन्ने कार्यक्रमको संचालन तेन्जिमा शेखले गर्नु भएको थियो।

Continue Readingविर्तामोडमा इफ्तार कार्यक्रम: सामाजिक सद्भाव र शिक्षाको प्रवर्द्धन

विराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा वित्तीय साक्षरता तथा सहकारी व्यवस्थापन तालिम सम्पन्न

विर्तामोड, चैत्र १० – विराट सामुदायिक सिकाइ केन्द्रको आयोजना र विराट बहुउद्देश्यीय सहकारी संस्था लि.को समन्वयमा दुई दिवसीय वित्तीय साक्षरता तथा सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। तालिमको उद्घाटन पूर्व…

Continue Readingविराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा वित्तीय साक्षरता तथा सहकारी व्यवस्थापन तालिम सम्पन्न

‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ को उपाधि स्वपनीका, हिमाद्री, प्रभना र आरध्यलाई

बिर्तामोड । बालबालिकाको क्षमता विकास र अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा ‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ च्याप्टर–२ सम्पन्न भएको छ । स्वपनीका बुढाथोकी ग्लार्मस नेपालको आयोजनामा…

Continue Reading‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ को उपाधि स्वपनीका, हिमाद्री, प्रभना र आरध्यलाई

मङ्गल एकता टोल विकास संस्थाको तेस्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति गठन

९ चैत्र २०८१, बिर्तामोड। मङ्गल एकता टोल विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा ५ नं.…

Continue Readingमङ्गल एकता टोल विकास संस्थाको तेस्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति गठन

बिर्तामोडमा निःशुल्क स्वास्थ्य शिविर सुरु, श्रमिक तथा सर्वसाधारण लाभान्वित

बिर्तामोड, झापा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। आजदेखि सुरु भएको शिविर भोलिसम्म सञ्चालन हुनेछ। बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि…

Continue Readingबिर्तामोडमा निःशुल्क स्वास्थ्य शिविर सुरु, श्रमिक तथा सर्वसाधारण लाभान्वित

बिर्तामोड वडा नम्बर १ मा ९३० मिटर सडक कालोपत्रे सम्पन्न

बिर्तामोड, ७ चैत्र : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ को जगतबस्तीबाट बरपिपल चोक- बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालो पत्रे सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयको भ्याटसहित ७७…

Continue Readingबिर्तामोड वडा नम्बर १ मा ९३० मिटर सडक कालोपत्रे सम्पन्न

झापामा नेविसंघको वर्चस्व, अनेरास्ववियु (क्रान्तिकारी) शून्य, अनेरास्ववियु ३ र राप्रविसंघ १ क्याम्पसमा विजयी

झापा— झापाका १३ वटा क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) ले वर्चस्व कायम गरेको छ। नेविसंघले ९ क्याम्पसमा जित हात पार्दै पहिलो संगठन बन्न सफल भएको छ।एमाले निकट अनेरास्ववियुले ३ क्याम्पसमा जित निकाल्दा राप्रविसंघले १ क्याम्पसमा सभापति पद हात पारेको छ।माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले भने एक क्याम्पसमा पनि जित निकाल्न सकेन। झापाको सबैभन्दा ठूलो र केन्द्रीय क्याम्पस मानिने मेची बहुमुखी क्याम्पसमा पहिलो पटक महिला नेतृत्व चयन भएकोछ। सभापतिमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छन्, जसले क्याम्पस इतिहासमै पहिलो महिला सभापतिबन्ने गौरव हासिल गरिन्। यसैगरी, दमक बहुमुखी क्याम्पसमा पनि नेविसंघको जित भएको छ, जहाँ भूपेन्द्र बस्नेत(भुवन) सभापति निर्वाचित भए। अन्य नेविसंघ विजयी क्याम्पसहरूमा कनकाई क्याम्पस सुरुङ्गामा वासुदेव निरौला, कनकाई आदर्श क्याम्पसबिर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा श्रीजित ढुङ्गाना, शनिश्चरे क्याम्पस अर्जुनधारामा विशालथापा, काँकडभिट्टा क्याम्पस मेचीनगरमा सुरज राई, गौरीगञ्ज क्याम्पस गौरीगञ्जमा रोशन यादव निर्वाचित भएकाछन्। एमाले निकट अनेरास्ववियुले ३ क्याम्पसमा सभापति जितेको छ, जसमा त्रिदेव बहुमुखी क्याम्पसमा ईश्वर रिजाल, सितारामेश क्याम्पस बुद्धशान्तीमा अशोक भण्डारी, गौरादह बहुमुखी क्याम्पसमा तुलसीराम पौडेल निर्वाचित भएकाछन्। यस्तै, बिर्तामोडको गरामनी क्याम्पसमा राप्रविसंघका केशव खरेल सभापति निर्वाचित भएका छन्। यसपटकको स्ववियु निर्वाचनमा नेविसंघको प्रभावशाली उपस्थिति देखिएको छ भने अनेरास्ववियु (क्रान्तिकारी) कोशून्य नतिजाले विद्यार्थी राजनीतिमा नयाँ संकेत गरेको विश्लेषण गरिएको छ।

Continue Readingझापामा नेविसंघको वर्चस्व, अनेरास्ववियु (क्रान्तिकारी) शून्य, अनेरास्ववियु ३ र राप्रविसंघ १ क्याम्पसमा विजयी

देशभर एकैसाथ एसइई परीक्षा सुरू, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

बिहीवार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण…

Continue Readingदेशभर एकैसाथ एसइई परीक्षा सुरू, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको ९औँ वार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड, झापा – बिर्तामोड-७ मा अवस्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। समूहका अध्यक्ष बद्री प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका खानेपानी,…

Continue Readingसुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको ९औँ वार्षिक साधारणसभा सम्पन्न

त्रिदेव बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ। निर्वाचन परिणाम अनुसार सभापति ईश्वर रिजाल, सचिव…

Continue Readingत्रिदेव बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी