बिर्तामोडमा विविध समुदायको सहभागितामा ईद उल फित्र उत्सव सम्पन्न

बिर्तामोड, चैत १८ – मुस्लिम धर्मावलम्बीहरूले सोमबार ईद उल फित्र पर्व उल्लासपूर्वक मनाएका छन्। एक महिनालामो रमादान (रोजा) पूरा भएको खुशीयालीमा मनाइने यस पर्वमा एकआपसमा शुभकामना आदानप्रदान गर्दैदीनदुःखी एवं गरिबलाई दान दिने परम्परा रहिआएको छ। ईदका दिन मुस्लिम धर्मावलम्बीहरू पवित्र भई मस्जिदमा गई नमाज पढ्छन्। नमाजपछि आफन्त तथा इष्टमित्रसँगभेटघाट गर्दै सेवई, खजुर लगायतका मीठा परिकार खान दिने चलन छ। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिनचन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने मिति तय गरिन्छ। रमादान महिनालाई गरिब, दीनदुःखी र असहायहरूकालागि विशेष व्यवस्था गरिएको समयका रूपमा लिइन्छ। यसै अवसरमा झापाको बिर्तामोड–४, पुरानो भद्रपुर रोडमा भव्य शुभकामना आदानप्रदान तथा सेवई कार्यक्रमकोआयोजना गरियो। कार्यक्रममा अफ्रोज खान पैठानको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की रहेका थिए भनेविशिष्ट अतिथिको रूपमा संविधानसभा सदस्य सुधीर सिवाकोटीको उपस्थिति रहेको थियो। त्यस्तै, अतिथि सूर्यकन्दङ्वा, राहुल शर्मा, किशोर पौडेल, रामेश्वर मण्डललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू उपस्थित थिए। कार्यक्रममा नेपाल मधेसी समाज बिर्ताबजारको विशेष सहभागिता रहेको थियो। समाजका अध्यक्ष रामेश्वर मण्डलकोनेतृत्वमा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको थियो। साथै, समाजका स -सचिव प्रकाश महत्व,  मोहन झा, सदस्यअमर पटेल र किसु साह लगायतको टोलीले फुट्री, पानी तथा अन्य आवश्यक सामग्री वितरण गरेका थिए। नेपालमधेसी समाजले सामाजिक सद्भाव र परोपकारका कार्यमा निरन्तर योगदान दिँदै आएको छ। कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख गणेश पौडेलको समेत उपस्थिति रहेको थियो। विभिन्न धर्म, समुदायकाव्यक्तिहरूको सहकार्यले ईदको धार्मिक एवं सामाजिक महत्व झल्काएको थियो।

Continue Readingबिर्तामोडमा विविध समुदायको सहभागितामा ईद उल फित्र उत्सव सम्पन्न

कोशी प्रदेशका मन्त्री एकराज कार्कीले शिवसताक्षीका खानेपानी आयोजनाको निरीक्षण गरे

१७ चैत्र २०८१, शिवसताक्षी। कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले झापा जिल्लाको शिवसताक्षी नगरपालिका ११ मा रहेको झिलझिले खानेपानी आयोजना र विरान नहरचोक खानेपानी आयोजना, साथै…

Continue Readingकोशी प्रदेशका मन्त्री एकराज कार्कीले शिवसताक्षीका खानेपानी आयोजनाको निरीक्षण गरे

बिर्तामोडमा राजतन्त्र पक्षधरको मशाल जुलुस, रबिन्द्र मिश्र र धवलशम्शेरको रिहाइको माग

झापा, चैत १७ । ‘राजतन्त्र जिन्दावाद’ को नारासहित बिर्तामोडमा राजावादीहरुले मशाल जुलुस निकालेका छन् । आज साँझ बिर्तामोड –४ स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला पार्टी कार्यालय अगाडिबाट राप्रपा बिर्तामोड नगर…

Continue Readingबिर्तामोडमा राजतन्त्र पक्षधरको मशाल जुलुस, रबिन्द्र मिश्र र धवलशम्शेरको रिहाइको माग

पत्रकार सुरेश रजक हत्याविरुद्ध झापामा आज कालोपट्टी बाँधेर विरोध

झापा – पत्रकार सुरेश रजक हत्याको विरोधमा झापाका पत्रकारहरूले आज कालोपट्टी बाँधेर आफ्नो पेशागत दायित्व निर्वाह गरेका छन्। आन्दोलनलाई देशव्यापी बनाउने उद्देश्यले झापासहित विभिन्न जिल्लाका सञ्चारकर्मीहरू कालोपट्टी बाँधेर विरोधमा उत्रिएका…

Continue Readingपत्रकार सुरेश रजक हत्याविरुद्ध झापामा आज कालोपट्टी बाँधेर विरोध

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।…

Continue Readingप्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

तीनकुने घटनाको भत्सर्ना गर्दै पत्रकार महासङ्घको देशव्यापी विरोध प्रदर्शन

नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ । महासङ्घको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी…

Continue Readingतीनकुने घटनाको भत्सर्ना गर्दै पत्रकार महासङ्घको देशव्यापी विरोध प्रदर्शन

बिर्तामोड–७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, सेवाप्रवाहमा सुधारको माग

बिर्तामोड, चैत १५ । बिर्तामोड नगरपालिका वडा नं. ७ मा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले जनताको गुनासो, सुझाव र माग प्रत्यक्ष सुन्नका लागि आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले…

Continue Readingबिर्तामोड–७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, सेवाप्रवाहमा सुधारको माग

नेपाल पत्रकार महासंघ स्थापना दिवसमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

झापा, अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा…

Continue Readingनेपाल पत्रकार महासंघ स्थापना दिवसमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

यातायात कार्यालय झापामा बिचौलियाको ठगीः सेवाग्राही रुष्ट, कार्यालय उदासीन

झापा। यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण सयौं सेवाग्राहीहरू ठगिएका छन्। कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नक्कली गरी एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि यसलाई रोक्न कार्यालयले कुनै पहल…

Continue Readingयातायात कार्यालय झापामा बिचौलियाको ठगीः सेवाग्राही रुष्ट, कार्यालय उदासीन

झापामा सवारी दुर्घटनाबाट ६६ जनाको मृत्यु

झापा जिल्लामा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको छ । चालु आवको आठ महिनाको अवधिमा आठ सय७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको  जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।  दुर्घटनामा एक हजार तीन सय ९६ जना घाइते भएका छन् । यताकार्यालयले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चार सय ५९ वटा सवारी साधनलाईकारबाही गरेको छ ।  जसबाट कार्यालयले  दुई करोड ६६ लाख ६१ हजार राजश्व समेत संकलन गरेको छ ।  दुर्घटना न्यूनीकरणका लागिकार्यालयले जिल्लाका विभिन्न स्थानमा तीन हजार सात सय ८२ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ भने तीकार्यक्रमबाट एक लाख ५५ हजार ५३ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरीनिरीक्षक गणेश पौडेलले जानकारी दिए ।  उता, झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम समेत सञ्चालनमा ल्याइएको उनलेबताए ।   सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमाल्याइएको ट्राफिक प्रमुख पौडेलको भनाई छ

Continue Readingझापामा सवारी दुर्घटनाबाट ६६ जनाको मृत्यु