प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।…
७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।…
नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ । महासङ्घको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी…
बिर्तामोड, चैत १५ । बिर्तामोड नगरपालिका वडा नं. ७ मा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले जनताको गुनासो, सुझाव र माग प्रत्यक्ष सुन्नका लागि आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले…
झापा, अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा…
झापा। यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण सयौं सेवाग्राहीहरू ठगिएका छन्। कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नक्कली गरी एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि यसलाई रोक्न कार्यालयले कुनै पहल…
झापा जिल्लामा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको छ । चालु आवको आठ महिनाको अवधिमा आठ सय७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । दुर्घटनामा एक हजार तीन सय ९६ जना घाइते भएका छन् । यताकार्यालयले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चार सय ५९ वटा सवारी साधनलाईकारबाही गरेको छ । जसबाट कार्यालयले दुई करोड ६६ लाख ६१ हजार राजश्व समेत संकलन गरेको छ । दुर्घटना न्यूनीकरणका लागिकार्यालयले जिल्लाका विभिन्न स्थानमा तीन हजार सात सय ८२ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ भने तीकार्यक्रमबाट एक लाख ५५ हजार ५३ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरीनिरीक्षक गणेश पौडेलले जानकारी दिए । उता, झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम समेत सञ्चालनमा ल्याइएको उनलेबताए । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमाल्याइएको ट्राफिक प्रमुख पौडेलको भनाई छ
बिर्तामोड, १३ चैत: राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड-९ को वडा अधिवेशन नेकपा एमाले ८ र ९ नं. वडाको संयुक्त पार्टी कार्यालय, गरामनीमा सम्पन्न भएको छ। अधिवेशनले सुनिल राजवंशीको अध्यक्षतामा ३१…
बिर्तामोड, १२ चैत्र: राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड-३ को वडा कमिटी पुनर्गठन गरिएको छ। आज आयोजित भेलाले कृष्ण बाह्रकोटीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो। नेकपा एमाले कोशी प्रदेश…
झापा, चैत ११ – नेकपा (एमाले) द्वारा सञ्चालन गरिएको सचेतना कार्यक्रम आज झापा जिल्लाका सम्पूर्ण वडाहरूमा एकैसाथ सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य लोकतान्त्रिक गणतन्त्रबारे फैलाइएका अफवाह चिर्नु रहेको बिर्तामोड नगर…
विर्तामोड, चैत १० – “धार्मिक शिक्षा तथा आधुनिक शिक्षाको समन्वय, समृद्ध समाजको निर्माण हाम्रो उद्देश्य” भन्नेनाराका साथ विर्तामोड-४ स्थित बिर्ता पार्टी प्यालेसमा शुभकामना आदान प्रदान तथा इफ्तार कार्यक्रम सम्पन्न भएकोछ। पवित्र महिना रमजानको अवसरमा धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मदारसा तालिमुल कुरानआधारभूत विद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई हुनुहुन्थ्यो भने विशेष अतिथिकारूपमा नगर उपप्रमुख नगेन्द्र संग्रौला, विर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, विर्तामोड ६ का वडाध्यक्ष सुर्य कन्दवा, समाजसेवी सजेश शिवाकोटी, राजकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो। इस्लाम धर्मावलम्बीहरूका लागि विशेष मानिने रमजान महिनामा एक महिनासम्म कठोर व्रत (रोजा) बस्ने परम्परारहिआएको छ। बिहान सूर्योदय अघि ‘सेहरी’ खाएर व्रत सुरू गरिन्छ भने साँझ सूर्यास्तपछि ‘इफ्तार’ गरेर व्रतखोलिन्छ। यो महिनामा १४ घण्टाभन्दा बढी समयसम्म केही पनि नखाई इबादत गरिन्छ। साथै, यस अवधिमा धार्मिकदान (जकात) दिने प्रथा रहिआएको छ, जसअनुसार आफ्नै सम्पत्तिको २.५% परोपकारका लागि विद्यालय, अनाथालय तथा विपन्न समुदायलाई प्रदान गरिन्छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महत्रारा प्रसाईले विद्यालयमा सबै जातजाति र धर्मका विद्यार्थीहरूलेअध्ययन गर्ने भएकाले धार्मिक सहिष्णुता र शिक्षाको विकास अत्यावश्यक रहेको बताउनुभयो। उहाँले सामाजिकसद्भाव कायम गर्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। नगर उपप्रमुख नगेन्द्र संग्रौलाले धर्म, संस्कृति र विद्यालयको भूमिकाबारे आफ्ना विचार राख्दै धार्मिक सहिष्णुता कायमराख्दै शिक्षाको माध्यमबाट समावेशी समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। त्यस्तै, कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ-आफ्नो धारणा राखेका थिए। राष्ट्रिय प्रजातन्त्रपार्टीका लक्ष्मी गौतम, माओवादी केन्द्रका सीपी कडरिया, नेपाली कांग्रेसका ओम बिमली र नेकपा एमालेका विर्तामोडनगर अध्यक्ष सुवास भट्टराईले शुभकामना व्यक्त गर्दै नेपालको संविधानले सबै धर्मलाई समान रूपमा व्यवहार गर्ने रधार्मिक सहिष्णुता कायम गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरे। कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यालयमा अध्यापन गराउँदै आएका महिला शिक्षिकाहरूलाई दोसल्लाओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि तथा विशेष अतिथिहरूले अन्जुम खातुन, आफरिन खातुन, सुनितान्यौपाने, बिमला अधिकारी, इसरत प्रबिन, सगुफ्ता खातुन, नसिबा सैमी, रजिया खातुन र गीता उप्रेती प्रसाईलाईसम्मान गर्नुभएको थियो। कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरूले धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको महत्त्वरहेको बताए। आयोजक मदारसा तालिमुल कुरान आधारभूत विद्यालयका प्रतिनिधिहरूले धार्मिक तथा आधुनिकशिक्षाको समन्वयबाट समृद्ध समाज निर्माण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्दै सबैलाई धन्यवाद व्यक्तगरेका थिए भन्ने कार्यक्रमको संचालन तेन्जिमा शेखले गर्नु भएको थियो।