बिर्तामोडमा भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा विषादीको मात्रा उच्च

बिर्तामोड नगरपालिका ९ स्थित नडियाबाडीमा एक भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा उत्पादन भएकाब्रोकाउली र फूलकोपीमा  विषादीको मात्रा अत्याधिक भेटिएको छ।  कृषि प्रयोगशाला एकाई बिर्तामोडले गरेको परीक्षणमा यी तरकारीमा विषादीको मात्रा अत्याधिक देखिएको हो । स्वास्थ्यका दृश्टिकोणले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतलाई खान योग्य मानिन्छ । तर यहाँको ब्रोकाउलीमा ९५.१४ प्रतिशत तथा फूलकोपीमा ९६.५२ प्रतिशत रहेको पाइएको छ। विषादी रिपोर्टमा ब्रोकाउली खान अयोग्य पाईएपछि बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, बिर्तामोड–३ का वडा सदस्य हरि प्रसाद बाँस्कोटा,नगर प्रहरीसहितको टोलीले स्थलगत निरिक्षण गरेको छ । कृषि शाखा प्रमुख कडरियाले अब अर्को पटक परिक्षण नगरुञ्जेलसम्म यसको विक्री बितरण नगर्न निर्देशनदिनुनभएको छ । अर्को पटक चेकजाँच गर्दा पनि विषादीको मात्रा उस्तै आए बारीमै ब्रोकाउली, काउली नष्ट गर्नेजानकारी दिनुभयो ।

Continue Readingबिर्तामोडमा भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा विषादीको मात्रा उच्च

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई

भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख,…

Continue Readingभद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ। शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प…

Continue Readingसिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प

झापामा भूकम्पको झड्का महसुस

फाल्गुन १६, २०८१ — आज बिहान २:५२ बजे झापा र आसपासका क्षेत्रमा भूकम्पको झड्का महसुस गरिएको छ। भूकम्पको प्रभाव काठमाडौं, पोखरा, काभ्रेपलाञ्चोक लगायतका स्थानमा पनि अनुभूति गरिएको छ। राष्ट्रिय भूकम्प…

Continue Readingझापामा भूकम्पको झड्का महसुस

बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सागर मिश्रको आगमन, मिलन भट्टराईको विदाई

बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सागर मिश्र आउने भएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका मिलन भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको थिय ।  भट्टराई बिहीबार…

Continue Readingबिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सागर मिश्रको आगमन, मिलन भट्टराईको विदाई

बिर्तामोडका प्रमुख प्रशासनिक अधिकृत भट्टराईलाई विदाई, सागर मिश्रको आगमन तयारी

बिर्तामोड, १५ फागुन : बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईलाई विदाई गरिएको छ । भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट आज बिदाई गरिएकोहो । उहाँ करिब ३ महिना अघि ईलामको सूर्योदय नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत भट्टराईलाई कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मायाको चिनो प्रदान गर्दै खादालगाएर विदाई गर्नु भयो । बिदाई कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी, कार्यपालिकासदस्य सिता ढुंगाना, जगतवन्धु राजवंशी, निर्मला ल्वागुन, लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, अधिकृत मेघराजबाँस्तोला लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते एकैपटक ५० जना उपसचिवको सरुवा गरेको थियो  ।बिर्तामोडबाट भट्टराईको पनि नियमित प्रक्रिया अन्तर्गत नै सरुवा भएको हो ।  बिर्तामोडमा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा सागर मिश्र आउनुहुने भएको छ । मिश्र यहि सोमबारनगरपालिकामा हाजिर हुने नगरका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

Continue Readingबिर्तामोडका प्रमुख प्रशासनिक अधिकृत भट्टराईलाई विदाई, सागर मिश्रको आगमन तयारी

महाभारतकालीन विरासत बोकेको मेचीनगर-५ मा आठ वर्षपछि भव्य मेला सम्पन्न

मेचीनगर-५ तथा ८ मा आठ वर्षमा एक पटक मात्र लाग्ने ऐतिहासिक मेला आज सम्पन्न भएको छ। स्थानीयकिंवदन्तीअनुसार महाभारतकालमा भीमले किचकलाई लखेट्ने क्रममा प्यास लाग्दा, उनले अर्जुनका लागि पातालबाटबाण हानेर पानी निकालेका थिए। सोही स्थलबाट गङ्गा उत्पन्न भएको विश्वासका आधारमा यस स्थानलाई‘पातालगङ्गा’ नामकरण गरिएको जनश्रुति छ। शिवमहात्म्य प्रवचनसहित चार कालीन सत्र सञ्चालन गरिएको मेलामा हजारौँ भक्तजनको उपस्थिती रहेको थियो।घैलाडुब्बा शिवालय तथा पातालगङ्गा संरक्षण समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षतामा सम्पन्न मेलामा झापाक्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकी, मेचीनगर-८ का वडाअध्यक्ष गिरिराज धमला, मेचीनगर-५ का वडा अध्यक्षलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको आर्थिक समितिकासदस्य मुकेश शर्माले जानकारी दिए। महाशिवरात्रिको अवसरमा स्व. कामी धिमाल प्रतिष्ठानले निःशुल्क पानी तथा एम्बुलेन्स सेवा उपलब्ध गराएको थियोभने मेचीनगर लेडिज जेसीजले पनि निःशुल्क पानी वितरण गरेको समितिका सचिव निरज खालिङ राईले जानकारीदिए।

Continue Readingमहाभारतकालीन विरासत बोकेको मेचीनगर-५ मा आठ वर्षपछि भव्य मेला सम्पन्न

जन्मदिनमा सिर्जनाको मानवीय पहल: प्रेस चौतारी उपचार कोषलाई सहयोग

बिर्तामाेड– प्रेस चाैतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग काेषमा सञ्चारकर्मी सिर्जना परियारले पाँच हजार एक सय रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।  प्रेस चौतारी झापाकी सदस्य परियारले जन्मदिनको अवसर…

Continue Readingजन्मदिनमा सिर्जनाको मानवीय पहल: प्रेस चौतारी उपचार कोषलाई सहयोग

झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने

Shares भद्रपुर । झापा ११ फुटबल क्लब यहाँ जारी दोस्रो भद्रपुर झापा गोल्डकपको उपाधि नजिक पुगेको छ । डागा युनाइटेड भुटानलाई ३-१ गोलअन्तरले पराजित गर्दै झापा ११ फाइनल प्रवेश गरेको हो…

Continue Readingझापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने

प्रेस चौतारीद्वारा पत्रकार सुरज प्रधानलाई आर्थिक सहयोग

बिर्तामोड– प्रेस चौतारी नेपाल झापाले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । प्रेस चौतारीका सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको…

Continue Readingप्रेस चौतारीद्वारा पत्रकार सुरज प्रधानलाई आर्थिक सहयोग