केपी ओली कप: मच्छिन्द्रको उपाधि ह्याट्रिक

 ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ‘ह्याट्रिक’ गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्मन्न तेस्रो संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै मच्छिन्द्रले…

Continue Readingकेपी ओली कप: मच्छिन्द्रको उपाधि ह्याट्रिक

गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ सम्पन्न, बसन्त गिरी र विष्णु थापा मगर विजेता

नेपाल नेपालीको पहिलो अनलाइन लोकदोहोरी गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ भव्य रूपमा सम्पन्न भएको छ।नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्दै प्रतियोगीहरूले आफ्नो गायन क्षमताको उत्कृष्टप्रदर्शन गरे। प्रतियोगिताको पुरुषतर्फ बसन्त गिरी र महिलातर्फ विष्णु थापा मगर विजेता बन्न सफल भए। दोस्रो स्थानमा अनुश अधिकारी, तेस्रो स्थानमा करण विश्वकर्मा रहेका छन् भने महिलातर्फ दोस्रो शिला गुरुङ र तेस्रोसंचिता चेपाङ र रिमा थापा भएका छन्। प्रतियोगिता नयाँ प्रतिभा खोजी र उनीहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजित थियो। आयोजक संस्थाकानिर्देशक संजय पौड्याल ले यो सिजन पनि अघिल्ला सिजनहरूजत्तिकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको बताए। विजेताहरुलाई पुरस्कार वितरण बालाजुस्थित राजधानी रोधी साँझमा समापन कार्यक्रम आयोजना गरी विजेताहरूलाई सम्मान गरिएको थियो। • प्रथम स्थान विजेताले रु. ५२,५५५, ट्रफी, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर प्राप्त गरे। • दोस्रो स्थान विजेताले रु. ३२,५५५, ट्रफी, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर पाए। • तेस्रो स्थान विजेताले रु. २२,५५५, ट्रफी, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर जिते। पुरस्कार प्रमुख अतिथि इन्द्र जिसी द्वारा प्रदान गरिएको थियो। उनले प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गरेकोबताउँदै, उपाधिभन्दा पनि प्रतिभालाई निरन्तर निखार्दै अघि बढ्नु महत्त्वपूर्ण रहेको उल्लेख गरे। कार्यक्रममा आयोजक सदस्य धना चौलागाईं ले स्वागत मन्तव्य दिएका थिए। सभाध्यक्ष संजय पौड्याल, विशेषअतिथि गायीका कमला पोख्रेल, सर्जक साजन कुँवर, निर्णायक मण्डलका सदस्यहरू तथा गायक, संगीतकार, रविभिन्न सांगीतिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। लोकदोहोरीको प्रवर्द्धनमा ठुलो योगदान गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ नेपाली संगीत क्षेत्रको लागि ठूलो उपलब्धि बनेको छ। आयोजक, प्रायोजक, निर्णायक मण्डल, प्राविधिक टिम, तथा दर्शकहरूको साथले यसलाई ऐतिहासिक प्रतियोगिता बनाउन मद्दत गरेकोनिर्माता विश्वास आचार्य ले बताए। विजेताहरूलाई संगीत उद्योगमा अघि बढ्ने अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ। साथै, अन्यसहभागीहरूले पनि प्रतियोगिताबाट धेरै सिक्ने अवसर पाएका छन्।

Continue Readingगोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ सम्पन्न, बसन्त गिरी र विष्णु थापा मगर विजेता

बुट्टावारीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गंभीर घाइते

झापा, फागुन १७ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालक गंभीर घाइते भएका छन् । आज दिउँसो १२ः४५ बजे धुलाबारीबाट बिर्तामोडतर्फ…

Continue Readingबुट्टावारीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गंभीर घाइते

बिर्तामोड नगरपालिका वडा न ७ को सानो मियाबाडिमा प्लम निर्माण आयोजनाको काम धमाधम ।

बिर्तामोड नगरपालिका वडा न ७ स्थित सानो मियाबाडि प्लम निर्माण आयोजनाको काम धमाधम भैरहेको छ।आयोजना बिर्तामोड नगरपालिका द्वारा सञ्चालन गरिएको हो र यसका प्रमुख जिम्मेवारी उपभोक्ता समितिको रहेकोछ। आयोजना अन्तर्गत २०००mm × १३००mm आकारको प्लम निर्माण गरिएको छ, जसको कुल लागत ६,२२,२८८ रुपैयाँछ। आयोजना कार्यको सम्झौता मिति २०८१/०९/२८ मा भएको थियो र यसलाई २०८१/११/२० मा सफलता पूर्वकसम्पन्न गर्ने गरि समितिले काम गर्दै आएको छ । आयोजना सञ्चालनमा ५००,००० रुपैयाँ लागत बिर्तामोड नगरपालिका को रहेको छ भने १,२२,२२८ रुपैयाँजनसहभागिताबाट जुटाइएको छ। यस आयोजनाबाट ८५ जाना भन्दा माथिले लाभ हुनेछ, जसमा २० घरधुरी समावेशछन्। आयोजनाका प्रमुख व्यक्ति उपभोक्ता समिति अध्यक्ष अख्लिम मिया र सचिव जाकिर मिया रहेका छन्। यसआयोजनाको नाम “तित्रीडांगि टोल” विकास संस्था सँग सम्बद्ध बिर्तामोड ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेललेयस आयोजनालाई महत्वपूर्ण कदमको रूपमा टिप्पणी गर्दै, यसले स्थानीय जनताका लागि सुविधा र सुरक्षित बर्खाकोबाडि बाट प्रवाभित सुरक्षा होस भन्ने उदेस्य राखि गरेको बताए। यो आयोजना बिर्तामोड नगरपालिका ७ का लागि एक महत्वपूर्ण योगदान मानिन्छ र यसले स्थानीय विकासमामहत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Continue Readingबिर्तामोड नगरपालिका वडा न ७ को सानो मियाबाडिमा प्लम निर्माण आयोजनाको काम धमाधम ।

बिर्तामोडमा भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा विषादीको मात्रा उच्च

बिर्तामोड नगरपालिका ९ स्थित नडियाबाडीमा एक भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा उत्पादन भएकाब्रोकाउली र फूलकोपीमा  विषादीको मात्रा अत्याधिक भेटिएको छ।  कृषि प्रयोगशाला एकाई बिर्तामोडले गरेको परीक्षणमा यी तरकारीमा विषादीको मात्रा अत्याधिक देखिएको हो । स्वास्थ्यका दृश्टिकोणले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतलाई खान योग्य मानिन्छ । तर यहाँको ब्रोकाउलीमा ९५.१४ प्रतिशत तथा फूलकोपीमा ९६.५२ प्रतिशत रहेको पाइएको छ। विषादी रिपोर्टमा ब्रोकाउली खान अयोग्य पाईएपछि बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, बिर्तामोड–३ का वडा सदस्य हरि प्रसाद बाँस्कोटा,नगर प्रहरीसहितको टोलीले स्थलगत निरिक्षण गरेको छ । कृषि शाखा प्रमुख कडरियाले अब अर्को पटक परिक्षण नगरुञ्जेलसम्म यसको विक्री बितरण नगर्न निर्देशनदिनुनभएको छ । अर्को पटक चेकजाँच गर्दा पनि विषादीको मात्रा उस्तै आए बारीमै ब्रोकाउली, काउली नष्ट गर्नेजानकारी दिनुभयो ।

Continue Readingबिर्तामोडमा भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा विषादीको मात्रा उच्च

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई

भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख,…

Continue Readingभद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सलाई

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ। शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प…

Continue Readingसिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प

बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सागर मिश्रको आगमन, मिलन भट्टराईको विदाई

बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सागर मिश्र आउने भएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका मिलन भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको थिय ।  भट्टराई बिहीबार…

Continue Readingबिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सागर मिश्रको आगमन, मिलन भट्टराईको विदाई

बिर्तामोडका प्रमुख प्रशासनिक अधिकृत भट्टराईलाई विदाई, सागर मिश्रको आगमन तयारी

बिर्तामोड, १५ फागुन : बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईलाई विदाई गरिएको छ । भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट आज बिदाई गरिएकोहो । उहाँ करिब ३ महिना अघि ईलामको सूर्योदय नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत भट्टराईलाई कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मायाको चिनो प्रदान गर्दै खादालगाएर विदाई गर्नु भयो । बिदाई कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी, कार्यपालिकासदस्य सिता ढुंगाना, जगतवन्धु राजवंशी, निर्मला ल्वागुन, लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, अधिकृत मेघराजबाँस्तोला लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते एकैपटक ५० जना उपसचिवको सरुवा गरेको थियो  ।बिर्तामोडबाट भट्टराईको पनि नियमित प्रक्रिया अन्तर्गत नै सरुवा भएको हो ।  बिर्तामोडमा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा सागर मिश्र आउनुहुने भएको छ । मिश्र यहि सोमबारनगरपालिकामा हाजिर हुने नगरका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

Continue Readingबिर्तामोडका प्रमुख प्रशासनिक अधिकृत भट्टराईलाई विदाई, सागर मिश्रको आगमन तयारी

महाभारतकालीन विरासत बोकेको मेचीनगर-५ मा आठ वर्षपछि भव्य मेला सम्पन्न

मेचीनगर-५ तथा ८ मा आठ वर्षमा एक पटक मात्र लाग्ने ऐतिहासिक मेला आज सम्पन्न भएको छ। स्थानीयकिंवदन्तीअनुसार महाभारतकालमा भीमले किचकलाई लखेट्ने क्रममा प्यास लाग्दा, उनले अर्जुनका लागि पातालबाटबाण हानेर पानी निकालेका थिए। सोही स्थलबाट गङ्गा उत्पन्न भएको विश्वासका आधारमा यस स्थानलाई‘पातालगङ्गा’ नामकरण गरिएको जनश्रुति छ। शिवमहात्म्य प्रवचनसहित चार कालीन सत्र सञ्चालन गरिएको मेलामा हजारौँ भक्तजनको उपस्थिती रहेको थियो।घैलाडुब्बा शिवालय तथा पातालगङ्गा संरक्षण समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षतामा सम्पन्न मेलामा झापाक्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकी, मेचीनगर-८ का वडाअध्यक्ष गिरिराज धमला, मेचीनगर-५ का वडा अध्यक्षलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको आर्थिक समितिकासदस्य मुकेश शर्माले जानकारी दिए। महाशिवरात्रिको अवसरमा स्व. कामी धिमाल प्रतिष्ठानले निःशुल्क पानी तथा एम्बुलेन्स सेवा उपलब्ध गराएको थियोभने मेचीनगर लेडिज जेसीजले पनि निःशुल्क पानी वितरण गरेको समितिका सचिव निरज खालिङ राईले जानकारीदिए।

Continue Readingमहाभारतकालीन विरासत बोकेको मेचीनगर-५ मा आठ वर्षपछि भव्य मेला सम्पन्न