आज काठमाडौंको आकाश किन धुम्मियो ?
२५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको आकाश आज धुम्मिएको छ । आकाश धुम्मिएका कारण काठमाडौं उपत्यका आसपास क्षेत्र दिउँसै अँध्यरोजस्तो देखिएको छ । केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा छ ।…
२५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको आकाश आज धुम्मिएको छ । आकाश धुम्मिएका कारण काठमाडौं उपत्यका आसपास क्षेत्र दिउँसै अँध्यरोजस्तो देखिएको छ । केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा छ ।…
बिर्तामोड, चैत २४झापाको बिर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। विगतदेखि नै वनको नेतृत्व सम्हाल्दै आएको एमाले यसपटक पनि सशक्त…
प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नी खरेलले तीनकुने घटनाको छानबिन समिति गठन नहुने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री समेत रहेका खरेलले तीनकुने…
बिर्तामोड, चैत १८ – मुस्लिम धर्मावलम्बीहरूले सोमबार ईद उल फित्र पर्व उल्लासपूर्वक मनाएका छन्। एक महिनालामो रमादान (रोजा) पूरा भएको खुशीयालीमा मनाइने यस पर्वमा एकआपसमा शुभकामना आदानप्रदान गर्दैदीनदुःखी एवं गरिबलाई दान दिने परम्परा रहिआएको छ। ईदका दिन मुस्लिम धर्मावलम्बीहरू पवित्र भई मस्जिदमा गई नमाज पढ्छन्। नमाजपछि आफन्त तथा इष्टमित्रसँगभेटघाट गर्दै सेवई, खजुर लगायतका मीठा परिकार खान दिने चलन छ। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिनचन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने मिति तय गरिन्छ। रमादान महिनालाई गरिब, दीनदुःखी र असहायहरूकालागि विशेष व्यवस्था गरिएको समयका रूपमा लिइन्छ। यसै अवसरमा झापाको बिर्तामोड–४, पुरानो भद्रपुर रोडमा भव्य शुभकामना आदानप्रदान तथा सेवई कार्यक्रमकोआयोजना गरियो। कार्यक्रममा अफ्रोज खान पैठानको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की रहेका थिए भनेविशिष्ट अतिथिको रूपमा संविधानसभा सदस्य सुधीर सिवाकोटीको उपस्थिति रहेको थियो। त्यस्तै, अतिथि सूर्यकन्दङ्वा, राहुल शर्मा, किशोर पौडेल, रामेश्वर मण्डललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू उपस्थित थिए। कार्यक्रममा नेपाल मधेसी समाज बिर्ताबजारको विशेष सहभागिता रहेको थियो। समाजका अध्यक्ष रामेश्वर मण्डलकोनेतृत्वमा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको थियो। साथै, समाजका स -सचिव प्रकाश महत्व, मोहन झा, सदस्यअमर पटेल र किसु साह लगायतको टोलीले फुट्री, पानी तथा अन्य आवश्यक सामग्री वितरण गरेका थिए। नेपालमधेसी समाजले सामाजिक सद्भाव र परोपकारका कार्यमा निरन्तर योगदान दिँदै आएको छ। कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख गणेश पौडेलको समेत उपस्थिति रहेको थियो। विभिन्न धर्म, समुदायकाव्यक्तिहरूको सहकार्यले ईदको धार्मिक एवं सामाजिक महत्व झल्काएको थियो।
बिर्तामोड, १३ चैत: राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड-९ को वडा अधिवेशन नेकपा एमाले ८ र ९ नं. वडाको संयुक्त पार्टी कार्यालय, गरामनीमा सम्पन्न भएको छ। अधिवेशनले सुनिल राजवंशीको अध्यक्षतामा ३१…
बिर्तामोड, झापा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। श्रमिकहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै आगामी २०८१ चैत ७ र ८ गते…