बिर्तामोड, झापा – बिर्तामोड नगरपालिका–३ अन्तर्गत पर्ने समावेशी टोल सडक नम्बर १ को स्तरोन्नति कार्यढिलाइपछि अन्ततः सम्पन्न भएको छ। निर्धारित समयभित्र सम्पन्न हुन नसके पनि सडक निर्माण कार्य पूरा भएको वडासदस्य हरि प्रसाद बास्कोटाले जानकारी दिएका छन्। सडक स्तरोन्नतिको लागि शहरी विकास तथा भवन कार्यालय, ईलाम को समन्वयमा निर्माण कार्य अघि बढाइएकोथियो। ॐ साई निर्माण सेवा कम्पनीले ठेक्का सम्झौता अनुसार कार्यान्वयन गरेको उक्त योजना २०८१ मसिर १९ गतेसम्झौता भई सुरु गरिएको थियो। निर्माण कार्य २०८१ माघ १८ गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न कारणले केही ढिलाइ भएको थियो।अन्ततः निर्धारित समयभन्दा केही दिनपछि निर्माण कार्य सम्पन्न गरिएको छ। परियोजना अन्तर्गत रोड साइड प्लस सब बेस फिल्ड को रूपमा स्तरोन्नति गरिएको छ। उक्त सडक निर्माणका लागि ११लाख ५९हजार ७०४ रुपैयाँ ८० पैसा (VAT तथा PS सहित) को बजेट विनियोजन गरिएको थियो। स्थानीय बासिन्दाहरूले सडक स्तरोन्नति कार्य सम्पन्न भएसँगै आवागमनमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।सम्बन्धित निकायहरूले ढिलाइ भए पनि गुणस्तरीय निर्माण सम्पन्न भएको दाबी गरेका छन्।